२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकाको क्यालिफोर्नियामा मार्च २ मा अन्तरक्रिया कार्यक्रम हुने

अमेरिकाको क्यालिफोर्नियामा मार्च २ मा अन्तरक्रिया कार्यक्रम हुने

अमेरिका । नेपाल अमेरिका एकता समाज र ८८४८ इन्टरटेनमेन्ट ला को आयोजनामा मार्च २ तारिखका दिन अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित श्री पशुपतिनाथ एण्ड बुद्ध मन्दिरमा आयोजित कार्यक्रममा इमिग्रेशन लयर यज्ञ नेपाल, सीईओ एबीएसई ट्याक्स राजेन्द्र शिवाकोटी र रिटेलर–इञ्जिनियर रिशव पौडलसँग अन्तरक्रिया गर्न लागिएको हो । त्यस क्षेत्रमा नेपालीहरुले भोग्दै आएको विभिन्न समस्या र सवालहरुका बारेमा कार्यक्रममा अन्तरक्रिया गरिने नेपाल अमेरिका एकता समाजका अध्यक्ष अर्जुन पौडेलले बताए । कानूनी, वित्तीय र घरजग्गा मामिलाहरू जस्ता महत्वपूर्ण विषयमा छलफल हुने कार्यक्रममा उपस्थितिका लागि आयोजक संस्थाले निमन्त्रणा गरेका छन् । ...
अमेरिकी डिभी चिठ्ठा प्रणाली रोकिने संभावना !

अमेरिकी डिभी चिठ्ठा प्रणाली रोकिने संभावना !

अमेरिका । अमेरिकामा रिपब्लिकन सांसदहरूले डिभी चिठ्ठा प्रणालीलाई रोक्नु पर्ने तर्क गरिरहेका छन् । उनीहरुले डिभी चिठ्ठा प्रणाली मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न ‘फेसलेस कम्प्युटर कोड’ लाई अनुमति दिएर राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने सरकारी कार्यक्रम अन्त्य गर्न खोजिरहेका बताएका छन् । वार्षिक चिठ्ठामार्फत बिभिन्न देशका गरेर ५५ हजार मानिसहरु अमेरिका भित्रिने गरेका छन् । चिठ्टामार्फत सहजै भिसा र ग्रीन कार्डहरू दिइने गरिन्छ । कोटामा आधारित भिसा र डिभी जारी गर्नुले राष्ट्रिय सुरक्षालाई कमजोर बनाउने र दक्ष प्रतिभाका लागि अवसरहरू नपाउने पनि सांसदहरुले बताएका छन् ।...
अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच ह्वाइट हाउसमा भेटवार्ता

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच ह्वाइट हाउसमा भेटवार्ता

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ह्वाइट हाउसमा द्विपक्षीय वार्तापछि मोदी र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरेका छन् । मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको बताए । ट्रम्पले भारतसँग अमेरिकाको व्यापार घाटा लगभग १०० बिलियन डलर रहेको बताए ।...
नेपाल सरकारले यूएईबाटै दिन थाल्यो श्रम स्वीकृति

नेपाल सरकारले यूएईबाटै दिन थाल्यो श्रम स्वीकृति

अमेरिका । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि श्रम स्वीकृति प्रदान गर्न थालेको छ । बिहीबार दुबईमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सेवा आरम्भ गरे । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधालाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए । उनले सम्बन्धित राजदूतावासबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिक लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झञ्झटबाट मुक्त हुने र आफ्नो पेशा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताए । संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले ...
अमेरिकामा रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग

अमेरिकामा रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग

अमेरिका । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार नेपाली विद्यार्थीका लागि खाद्यान्न सहयोग सङ्कलन गरिरहेका छन । कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने खाद्यान्नमा विद्यार्थीलाई चामल, दाल, तेल, नुन, चनालगायतका खाद्यान्न सामग्री उपलब्ध गराउन लागिएको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिनुभयो । महासचिव भुसालका अनुसार हालसम्म ७०० भन्दा बढी नेपाली विद्यार्थीले खाद्यान्न बुझेर लगिसकेका छन् । सवारी साधन भएका विद्यार्थीले नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र युलेशबाट खाद्य सामग्री प्राप्त गर्नसक्ने र सवारी साधन नभएका विद्यार्थील...
एनआरएनएद्वारा अन्तर्राष्ट्रिय म्याराथनको लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान

एनआरएनएद्वारा अन्तर्राष्ट्रिय म्याराथनको लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान

नेपाल । गैरआवासीय नेपाली संघ (अन्तर्राष्ट्रिय समन्वय परिषद्) द्वारा नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजनामा हुने अन्तर्राष्ट्रिय म्याराथनको लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । मंगलबार सम्पन्न प्रेस मिट कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका नगरप्रमुख धनराज आर्चाय र नेपाल भूतपूर्व खेलाडी मन्चका अध्यक्ष आदरणीय डिल काजी गुरूङलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महिला सचिव आदरणीय राधिका गुरूड ९टिका०, क्ष्ऋऋ सदस्य डिलरास गुरूड र सल्लाहकार सूर्य गुरूडज्यूहरूको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा महिला सचिव राधिका गुरूड (टिका) ले भन्नुभयो, “हामी सबैको साझा उद्देश्य भनेको नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउनु हो, र यस कार्यक्रमलाई सफल बनाउन हामी प्रत्येकको प्रयास महत्वपूर्ण छ ।” नेपाल भूतपूर्व ...
नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन हुनु पर्छः अध्यक्ष केसी

नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन हुनु पर्छः अध्यक्ष केसी

अमेरिका । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपालीको लगानी भित्र्याउन संविधानले दिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयन अनिवार्य भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार सम्पन्न उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा अध्यक्ष डा केसीले संविधानले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न जति छिटो कानुन बन्यो त्यति नै छिटो गैरआवासीय नेपालीहरूको लगानी भित्रने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेपालमा लगानी गर्न सबै लालायित छन् तर त्यसको लागि चाहिने कानूनी प्रक्रियामै सबै कुरा अड्किन्छ, सुरुमै कम्पनि खोल्न राष्ट्रिय परिचय पत्र मागिन्छ अब कानूनमा एनआरएनलाई राष्ट्रिय परिचयपत्रबारे व्यवस्था स्पष्ट छैन, त्यसमा चाहिने हो वा होइन रु हो भने कसरी त्यसको कानूनी व्यवस्था पनि हुनुपर्यो ।ʼ उ...
एनआरएनएका अध्यक्ष केसी उद्योग वाणिज्य प्रवर्द्धन सम्वाद परिषदको सदस्यमा मनोनयन

एनआरएनएका अध्यक्ष केसी उद्योग वाणिज्य प्रवर्द्धन सम्वाद परिषदको सदस्यमा मनोनयन

नेपाल । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन गर्नुभएको छ । उद्योग वाणिज्य प्रबद्र्धन सम्वाद परिषद् (गठन) आदेश, २०७५ बमोजिम मिति २०८१/९/५ मा भएको निर्णयानुसार अध्यक्ष डा केसीलाई उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन गरिएको हो । अध्यक्ष केसीले मनोनयनको लागि प्रधानमन्त्रीप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘गैरआवासीय नेपाली संघको अध्यक्षको हैसियतले मलाई उक्त समितिको सदस्य मनोनयन गरेकोमा प्रधानमन्त्रीज्यूसहित समस्त नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।ʼ सार्वजनिक–निजी क्षेत्रबीच नियमित संवाद गरी आर्थिक विकासमा सहयोग पु¥याउन २०७५ असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी भएको गठन आदेशका आधारमा उक्त परिषद् सञ्चालनमा आएको हो । परिषद्को सदस्यमा...
दुर्घटनामा मृत्यु भएकी बरालको परिवारलाई एनआरएनए माल्टाले आर्थिक सहयोग

दुर्घटनामा मृत्यु भएकी बरालको परिवारलाई एनआरएनए माल्टाले आर्थिक सहयोग

अमेरिका । माल्टामा सडक दुर्घटनामा परी मृत्यु भएकी महोत्तरी बर्दिबासकी गौरीकुमारी बरालको परिवारलाई एनआरएनए माल्टाले आर्थिक सहयोग गरेको छ । एनआरएन माल्टाले नेपाली समुदायलाई मृतकको शव नेपाल पठाउन तथा परिवारलाई आर्थिक सहयोग गर्न ‘गो गेट फन्डिङ’ मार्फत अपिल गरेको थियो। सहयोग अभियानबाट संकलन भएको रकमबाट शव नेपाल पठाएर बाँकी रहेको १६ लाख ५७ हजार १ सय ४० नेपाली रूपैयाँ आमा तुलसा बरालको सिन्धुलीस्थित राष्ट्रिय वाणिज्य बैंक भिमान शाखामा रहेको खातामा जम्मा गरिदिएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए ।...
अमेरिकाको ओहायोमा गोली हानाहान हुँदा एक नेपालीभाषीको मृत्यु

अमेरिकाको ओहायोमा गोली हानाहान हुँदा एक नेपालीभाषीको मृत्यु

अमेरिका । अमेरिकाको ओहायो राज्यको न्यु अल्वानी भन्ने स्थानमा बसोवास गर्दै आएका एक जना नेपालीभाषी भुटानीको गत मङ्गलबार राती हत्या भएको छ । न्यु अल्वानी प्रहरीका अनुसार, मृत्यु हुनेमा ३० वर्षीय शेखर चापागाई छन् । त्यही कम्पनीका पूर्व कर्मचारी २८ वर्षीय व्रुस फोस्टरले अन्धाधुन्ध गोली चलाएर चापागाईको हत्या गरेको थियो । गोली लागेर सहकर्मी क्याले वेभरको पनि मृत्यु भएको र अरू चार जना घाइते भएको प्रहरीले जनाएको छ । ओहायोको कोलम्बस नजिकै न्यु अल्वानीस्थित केडीसी वान नामक कस्मेटिक र ब्युटी उत्पादन कम्पनीमा कार्यरत रहेकै अवस्थामा त्यो व्यक्तिले गोली चलाएको थियो । हत्यारालाई प्रहरीले बुधबार बिहानै गिरफ्तार गरेको थियो । चापागाई केही वर्षअघि मात्र डेनवरबाट ओहायो बसाइँ आएका थिए । मृतक चापागाईँकी श्रीमती र एक छोरी रहेको बताइएको छ । प्रहरीका अनुसार, आगामी एक दुई हप्तामा नै उनकी श्रीमतीले अर्को सन्तानको ...