‘परराष्ट्रमन्त्रीज्यूसँग आवश्यक परामर्श म पनि गरुँला’: गृहमन्त्री लेखक
नेपाल । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखा परेका सबैखाले अप्ठ्यारालाई सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा बिहिबार गैरआवासीय नेपाली संघका अध्यक्ष डा केसी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकता लिएपछि संविधानतः पाउने अधिकार प्रदान गर्न सरकारले कञ्जुस्याइँ नगर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “तपाईहरुलाई नेपालको संविधानले दिने भनेको अधिकार दिने नै हो तर त्यसका लागि आवश्यक ऐन कानूनको निर्माण भइरहेको अवस्थामा केही ढिलाई भयो होला त्यसलाई अन्यथा लिनु भएन ।”
गैरआवासीय नेपाली ऐनको संशोधनको मस्यौदा परराष्ट्र मन्त्रालयमा भइसकेको जानकारी गराउँदै गृहमन्त्री लेखकले भन्नुभयो, “बरु गैरआवासीय ऐनमा तपाईहरुले चाहेको संशोधन के के हो त्यसबारे छलफल गरौँ, म पनि उक्त मस्यौदाको अध्ययन गर्छु, मैले तपाईह...









