३ आश्विन २०८३, शनिबार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकामा एलन मस्कद्वारा नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा

अमेरिकामा एलन मस्कद्वारा नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । मस्कले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका हुन् । मस्कले यो जानकारी सोसल मिडिया प्लेटफर्म एक्समार्फत् दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मक्सले स्थापना गरेको ‘अमेरिका पार्टी’ औपचारिक रुपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन । ...
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

अमेरिका । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ । उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका छन् । मध्य टेक्सासमा समुदायहरूमा पानी बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ, ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर) ले बढेको थियो । केर काउन्टीको ग्रीष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका समय आएको बाढीका कारण ठुलो सङ्ख्यामा मानवीय हताहत भएको हो । बाढीप्रभावित क्षेत्रका शेरिफ ल्यारी लेइथाले भन्नुभयो, “हामीले केर काउन्टीमा ४३ जना मृतकलाई उद्धार गरेका छौँ । तीमध्ये २८ जना वयस्क र १५ जना बालबालिका छन् ।” अन्य काउन्टीहरूमा पनि बाढीको असर परेको र धेरै पीडितहरू फेला परेका छन् । बाढीका कारण अहिलेसम्म (आइतबारसम्म) मृत्यु हुनेहरूको सङ्ख्या ५० पुगेको छ । टेक्सास डिपार्टमेन्ट अफ ...
विदेशमा दुई नेपाली युवा शिक्षासेवामा समर्पित, प्रभावकारी बन्दै ‘अनलाइन ट्युसन प्लेटफर्म’

विदेशमा दुई नेपाली युवा शिक्षासेवामा समर्पित, प्रभावकारी बन्दै ‘अनलाइन ट्युसन प्लेटफर्म’

अमेरिका । अमेरिका धेरैका लागि सपना पुरा हुने देश हो, तर यी दुई युवा सन्दीप पौडेल र आशिष आचार्यको सपना सधैं स्वदेशमै अडिएको थियो । दैनिक व्यस्तता, संघर्षपूर्ण जीवनशैली, र समय अभावबीच पनि उनीहरू सधैं यही सोचमा थिए—‘स्वदेशका लागि केही गरौं, केही फर्काऔं ।’ प्रवासमा रहेर पनि संसारका लागि शिक्षा तथा देशका लागि केही सकारात्मक योगदान दिन सकिन्छ भन्ने सपना र हुटहुटी कै उपज बन्यो ‘Learning Center’ । प्रवासको एउटा सानो कोठा अमेरिकाको कोलोराडोबाट सुरु भएको एक दुरगामी सोचले आज सयौं विद्यार्थीको भविष्य उज्यालो बनाइरहेको छ । यो कथा तिनै दुई नेपाली युवाहरू—सन्दीप पौडेल र आशिष आचार्यको हो , जसले आफ्नो आत्मविश्वास, लगनशीलता र नौलो सोचका भरमा ‘Learning Center” नामक अनलाइन ट्युसन प्लेटफर्मको सुरुवात गरे । अनौपचारिक रूपमा सन् २०२४ मा सुरु गरिएको यो प्रयास सन् २०२५ मा औपचारिक रूपमा दर्ता भई सञ्चालनमा आयो । ...
टेक्सासमा विनाशकारी बाढीमा मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सासमा विनाशकारी बाढीमा मृत्यु हुने सङ्ख्या २५ पुग्यो

अमेरिका । अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठुलो मानवीय क्षति पुर्याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ भन्दा बढी बालिकाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् । केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाइअनुसार, थप व्यक्तिहरू हराइरहेका हुन सक्ने भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ । टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार, मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेका छन् । उहाँले बताएअनुसार, ग्वाडालुपे नदीको पानीको सतह एकैचोटि २६ फिट ९करिब ८ मिटर०ले बढेपछि शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जति अझै सम्पर्कविहीन अवस्थामा छन् । शिविरका प्रमुखले पठाएको सन्देश ...
विष्णु पौडेल (प्रकाश) द्वारा एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

विष्णु पौडेल (प्रकाश) द्वारा एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

अमेरिका । एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष विष्णु पौडेल (प्रकाश) ले एनआरएनए एनसीसी अमेरिकाको आगामी निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले विगत ८ वर्षदेखि कोलोराडो च्याप्टरमा सक्रिय रूपमा रहेर विभिन्न जिम्मेवारी पूरा गर्दै आएका छन् । च्याप्टरको अध्यक्ष पदमा रहँदा दिनरात खटिएर समाजसेवामा योगदान पुर्‍याएको अनुभव सँगालेका छन् । अहिले एनआरएनए संस्थामा कुनै पक्ष वा विपक्ष नभई निष्पक्ष रूपमा काम गर्दै संस्थाप्रतिको असन्तुष्टि घटाउन र आम गैरआवासीय नेपालीहरूको हकहितको लागि संस्था अझै मजबुत बनाउन उनले उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।...
जुलाई ४ः मनाइयो अमेरिकी स्वतन्त्रता दिवस

जुलाई ४ः मनाइयो अमेरिकी स्वतन्त्रता दिवस

अमेरिका । जूलाई ४ का दिन अमेरिकी स्वतन्त्रता घोषणामा हस्ताक्षर भएको र संयुक्त राज्य अमेरिका स्वतन्त्र राष्ट्र घोषणा भएको दिन हो । अमेरिकामा यो दिवस भव्यताका साथ मनाइएको छ । नेपालमा पनि अमेरिकी दूतावालको आयोजनामा भव्यताका साथ अमेरिकी स्वतन्त्रता दिवस मनाइएको छ । ‘हामीले हाम्रो २४९औं जन्मदिन मनाउँदा, हाम्रो प्रगतिलाई सहयोग गर्ने सबैलाई धन्यवाद गर्दछौं ।’, दूतावासले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ ।...
एनआरएनए सदस्यता रिपोर्ट: ६०,४८१ जना सदस्यता स्वीकृत, ४,९६७ नयाँ सदस्यता प्रक्रियामा

एनआरएनए सदस्यता रिपोर्ट: ६०,४८१ जना सदस्यता स्वीकृत, ४,९६७ नयाँ सदस्यता प्रक्रियामा

अमेरिका । गैरआवासीय नेपाली संघ (NRNA) का लागि २०२५–२०२७ कार्यकालको सदस्यता विवरण अद्यावधिक गर्दै ४ जुलाई २०२५ सम्मको तथ्यांक सार्वजनिक गरिएको छ। हालसम्म कुल ६०,४८१ जना सदस्यता स्वीकृत भइसकेका छन् भने थप ४,९६७ नयाँ सदस्यता आवेदनहरू स्वीकृतको प्रक्रियामा रहेका छन्। देश अनुसार सदस्य संख्या १. जापान – १८,४३५ जना २. अष्ट्रेलिया – १५,५५१ जना ३. क्यानडा – ५,४६० जना ४. अमेरिका – ४,९८८ जना ५. संयुक्त अधिराज्य (यूके) – ३,५०८ जना ६. साउदी अरेबिया – ३,१२७ जना ७. संयुक्त अरब इमिरेट्स (युएई) – १,७२१ जना ८. आयरल्याण्ड – १,४०२ जना संघको क्षेत्रगत विवरण अनुसार • एशिया प्यासिफिक क्षेत्रबाट सबैभन्दा धेरै १९,४८५ सदस्यता स्वीकृत भएका छन्, जसमा जापानबाट मात्रै १८,४३५ सदस्य छन्। • ओसिनिया क्षेत्रबाट १६,५३४ सदस्य रहेका छन्, जसमा अष्ट्रेलियाबाट १५,५५१ सदस्य छन्। • अमेरिका महादेशबाट कुल १०,४४८ सदस्य छन...
एनआरएनए यूकेको निर्वाचनको तालिका सार्वजनिक

एनआरएनए यूकेको निर्वाचनको तालिका सार्वजनिक

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी निर्वाचनको तालिका सार्वजनिक गरेको छ। आगामी जुलाई २६ तारिखमा अनलाइन माध्यमबाट निर्वाचन हुने भएको छ । निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता जुलाई १३ मा हुने छ । एनआरएनए यूकेमा हाल ३,५०८ जना मतदाता रहेका छन् ।
एनआरएनए स्विट्जरल्यान्डको अध्यक्षमा विष्णुप्रसाद थापा चयन

एनआरएनए स्विट्जरल्यान्डको अध्यक्षमा विष्णुप्रसाद थापा चयन

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विट्जरल्यान्डको अध्यक्षमा विष्णुप्रसाद थापा चयन भएका छन् । संघको गत आइतवार सम्पन्न १६औँ साधारण सभाले उनलाई आगामी दुई वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा जीवन भट्टराई र राकेश प्रजापति, महासचिवमा यम कौचा मगर, सचिवमा सरस्वती पुन, तथा कोषाध्यक्षमा बिनु सुनवार चयन भएका छन् । युवा संयोजकमा आशिष परियार, महिला संयोजकमा बन्दना प्रजापति, तथा सदस्यहरूमा विशाल भण्डारी र राजु अधिकारी रहेका छन् । गैर आवासीय नेपाली संघ स्विट्जरल्यान्डको आईसीसी सदस्यमा शुभ एल्मर लामा निर्विरोध चयन भएकी छिन् । स्विट्जरल्यान्डको राजधानी बेर्नमा सम्पन्न अधिवेशनमा नेपाली राजदूत रामप्रसाद सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रम संघका अध्यक्ष कृष्णप्रसाद सिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो। ...
गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाँडै सदनमा प्रस्तुत गरिने

गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाँडै सदनमा प्रस्तुत गरिने

नेपाल । गृहमन्त्री रमेश लेखकले गैर आवसीय नेपाली नागरिकता सम्बन्धि विधेयक चाँडै सदनमा प्रस्तुत गरिने बताएका छन्। शुक्रबार बसेको प्रतिनिधि बैठकमा उठेका विषयको जवाफ दिँदै उनले संविधानले व्यवस्था गरेनुसार गैर आवसीय नेपाली नागरिकहरुका निमित् नागरिकताको विधेयकको तयारी गरिरहेको बताएका हुन् । गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ मा गैर आवसीय नेपाली नागरिकहरुलाई नसमेटिएको भन्दै यसका लागि छुट्टै विधेयकको तयारी गरेको बताए। उनले यो विधेयकमा नागरिकता संवेदनशील विषय भएको भन्दै नागरिकता नपाउनुपर्ने नागरिकले नागरिकता नपाओस् भन्ने कुरामा स्पस्ट रहेको बताए । ...