
अमेरिकाको बोस्टन सहरका लागि गुरुङ पर्यटन प्रवर्द्धकमा नियुक्त
सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । नेपाल सरकार अन्तर्गत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाको ऐतिहासिक पुरानो सहर बोस्टनका लागि मिलन गुरुङलाई पर्यटन प्रवर्द्धकमा नियुक्त गरेको छ ।
गत २०८० साल फागुन १३ गतेको मन्त्रालयको मन्त्रीस्तर निर्णयले पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९(पहिलो संशोधन मिति २०८०–९–१७) को दफा ३ को उपदफा १ बमोजिम गुरुङलाई पर्यटन प्रवर्द्धकमा नियुक्त गरेको हो । उनीसहित हाल अमेरिकाका लागि जम्मा ५ जनालाई नियुक्त गरिएको छ ।
नियुक्त हुनेहरुमा न्यू योर्कका लागि पत्रकारिता क्षेत्रका चिरपरिचित गोकुल श्रेष्ठ, पेन्सिलभेनियाका लागि बिनोद अधिकारी९दोश्रो पटक नियुक्त, नर्थ क्यारोलिनाका लागि बिक्रम घिमिरे (दोश्रो पटक नियुक्त( र मेरिल्याण्डका लागि राजु पराजुली (यस अघि डेलावर राज्यका सद्भावना दूत) रहेका छन् । उक्त कुरा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर...