
इरानद्वारा ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला
अमेरिका । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला गरेको छ । इजरेली सेनाका अनुसार तेहरानले इजरेलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेकामा ती धेरैजसोलाई निस्तेज पारिएको छ।
मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन् ।
इरानको रिभोल्युशनरी गार्डस्ले एक विज्ञप्तिमार्फत ती हमलालाई ूइजरेली अपराधूको जबाफ बताएको छ ।
जसमा उसले एप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाएका छन् ।
यसअघि इजरेल डिफेन्स फोर्सेस आईडिएफले तेहरानले ‘अवस्थालाई थप चर्काउन खोजेकाले नतिजा’ झेल्नुपर्ने चेतावनी दिएको थियो ।
इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरेली जबाफ वा अमेरिकाको अन...