हिउँदे अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको विषय सम्बोधन हुन्छः कानून मन्त्री
नेपाल । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले संसदको आगामी (हिउँदे) अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता सम्बोधन हुने बताउनुभएको छ ।
बुधबार गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री चौरसियाले संविधानले नै निर्देश गरे अनुसारको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा हाल देखा परेका जटिलता सम्बोधन गर्ने गरी संसदमा लैजाने गृहकार्य भइरहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन जतिसक्दो छिटो होस् भनेरै हामी गृहकार्यमा छौँ, यस सम्बन्धमा के कसरी अघि बढ्ने भनेरै गृहमन्त्रालयसहित अन्य सरोकारवाला मन्त्रालयसँग हामीले छलफल गरिरहेका छौँ ।’
यसअघि संघका अध्यक्ष डा बद्री केसीले संविधानको धारा १४ मा प्रष्ट व्यवस्था भएको...









