३० भाद्र २०८२, सोमबार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकामा रहेका मधेसी समुदायले ‘मधेस पार्क’ निर्माण गर्न अभियान सुरु

अमेरिकामा रहेका मधेसी समुदायले ‘मधेस पार्क’ निर्माण गर्न अभियान सुरु

अमेरिका । अमेरिकामा रहेका मधेसी समुदायले मधेस पार्क बनाउन पहल सुरु गरेका छन् । मधेसी एशोसियन इन अमेरिकाको पहलमा मधेस पार्क निर्माण गर्न अभियान सुरु गरिएको हो । मधेसी एशोसियन इन अमेरिकाको भर्जिनियामा सम्पन्न चौथो महाधिवेशनमा पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस पार्कको योजनाको उद्घाटन गर्नुभएको छ । अमेरिकामा मधेसी समुदायको बसोबास बाक्लिँदै गएकाले मधेसी समुदायको पहिचान जोगाउन मधेस पार्क निर्माण गर्ने योजना बनाएको संस्थाका अध्यक्ष डा सङ्गीत रौनियारले बताउनुभयो । मधेस पार्क मधेसी समुदायको बसोबास, स्थानको सम्भावना र उपलब्धता, आर्थिक स्रोतका आधारमा कुन राज्यमा निर्माण गर्ने भनेर निर्णय गरिनेछ । अध्यक्ष रौनियारमा अनुसार मधेस पार्क मधेसी समुदायको सहभागिता र सहयोगमा निर्माण गरिनेछ । पार्कमा प्रवेश गर्ने जोकोहीले आफूलाई मधेस प्रदेशमा भएको अनुभू...
अमेरिकाको नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

अमेरिकाको नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

अमेरिका । पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले अमेरिकाको नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा स्थानीय नेपाली समुदायसँग नेपालको शिक्षाका विषयमा हालै एक अन्तरक्रिया गर्नुभएको छ । नेपालमा रहँदा शिक्षण पेसामा आबद्ध नेपाली विद्वत वर्गले नेपाल र अमेरिकाबीचको शिक्षण विधिका भिन्नता र एकरूपताका बारेमा आफ्ना धारणा राखेका थिए । सो अवसरमा नेपालको पाठ्यक्रम तथा शिक्षणमा गर्न सकिने परिवर्तन र सुधारका बारेमा छलफल भएको थियो । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी)का संस्थापक अध्यक्ष ईश्वर देवकोटाले पोख्रेललाई स्वागत गर्दै नेपालका विद्यालयमा पनि विद्यार्थीले क्षमता र रुचिअनुसार कलेजका केही कोर्ष विद्यालयमै अध्ययन गर्न पाउने अवसर प्रदान गर्ने नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । एनसिएनसीका अध्यक्ष डा विकास शाक्यले अमेरिकी शिक्षणमा जस्तै नेपालमा अनुसन्धानलाई अझ बढी समावेश गर्न स...
एनआरएन नागरिकता सम्बन्धी विधेयकको मस्यौदा तयार

एनआरएन नागरिकता सम्बन्धी विधेयकको मस्यौदा तयार

नेपाल । सरकारले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । गृहमन्त्री रमेश लेखकका अनुसार उक्त विधेयकको मस्यौदा बनेर प्रक्रियामा अगाडि बढेको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिएका हुन् । उनका अनुसार गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै ऐन बनाउन लागिएको हो । उनल भनेका छन्, ‘गैरआवासीय नेपाली नागरिकता दिँदा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको जुन संविधानको भावना छ, त्यो अनुसार गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको छ ।’ विभिन्न मन्त्रालयहरुमा राय, परामर्शहरुका लागि अगाडि बढेको उलेख गर्दै गृहमन्त्री लेखकले थपेका छन्, ‘त्यसलाई सरकारले चाँडै क्याबिनेटको सहमतिका साथ ...
अमेरिकामा नेपालीहरुको टीपीएस खारेज, २ महिनाभित्र नेपाल फर्कनु पर्ने !

अमेरिकामा नेपालीहरुको टीपीएस खारेज, २ महिनाभित्र नेपाल फर्कनु पर्ने !

अमेरिका । संयुक्त राज्य अमेरिकाको गृह सुरक्षा मन्त्रालयले नेपाली नागरिकहरूका लागि प्रदान गरिएको अस्थायी बसोबास–टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) समाप्त गर्ने घोषणा गरेको छ । सन् २०१५ मा गएको भूकम्पपछि नेपालीलाई राहत दिनका लागि दिइएको टिपिएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) आउँदो अगष्ट ५ देखि खारेज हुने भएको हो । राष्ट्रपति बाराक ओबामाको प्रशासनले २०१५ नेपालीलाई टीपीएसको हैसियत प्रदान गरेको थियो । यो निर्णयले हजारौँ नेपालीहरूलाई असर गर्ने बताइएको छ। उनीहरूलाई नेपाल फर्कन दुई महिनाको समय दिइएको छ । यस हप्ता प्रकाशित एक संघीय राजपत्र सूचनामा नेपालका लागि टीपीएस आधिकारिक रूपमा सन् २०२५ अगस्ट ५ तारिखको मध्यरातबाट अन्त्य हुने छ । टीपीएस सशस्त्र द्वन्द्व, वातवरणीय विपद् र अन्य असाधारण संकटमा रहेका मुलुकका आप्रवासीलाई अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिने कार्यक्रम हो । यसअन्तर्गत नेपाल, ...
हार्वर्ड पढ्न जाने विदेशी विद्यार्थीको भिसामा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

हार्वर्ड पढ्न जाने विदेशी विद्यार्थीको भिसामा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार हार्वर्ड विश्वविद्यालयमा पढ्न सुरु गर्ने विदेशी विद्यार्थीको भिसामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ । यसले उहाँको प्रशासनको उच्च शिक्षामाथिको कडाइलाई बढाएको छ । “हार्वर्ड विश्वविद्यालयमा अध्ययनको पाठ्यक्रम वा हार्वर्ड विश्वविद्यालयले आयोजना गरेको विनिमय आगन्तुक कार्यक्रममा भाग लिनका लागि मात्र वा मुख्य रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्न खोज्ने विदेशी नागरिकहरूको प्रवेश प्रतिबन्धित गर्न आवश्यक छ भनेर मैले निर्णय गरेको छु”, ट्रम्पले एक विज्ञप्तिमा भन्नुभयो । ...
‘Smart NRNA App’ मार्फत सदस्यता दर्ता गर्न सबै गैरआवासीय नेपालीहरूलाई अनुरोध

‘Smart NRNA App’ मार्फत सदस्यता दर्ता गर्न सबै गैरआवासीय नेपालीहरूलाई अनुरोध

प्रेस विज्ञप्ति गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३-२०२५ कार्यकाल) को आधिकारिता सम्बन्धित विषयमा रिट निवेदन नं. ०८०-WO-११५७मा सुनुवाई हुँदा सम्मानित सर्वोच्च अदालतले "संघको महाधिवेशनहरु एक अर्काको मातहतका रहने अङ्ग नभई हरेक अन्तर्राष्ट्रिय महाधिवेशन स्वयंमा सार्वभौम र स्वायत्त अङ्ग ठहर भई ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३-२०२५ कार्यकाल) (कार्य समिति) को कार्य अवधिसम्म काम गर्न पाउने ठहर गरेको सर्वविदितै छ। यस्तै, मिति २०८२ बैशाख २३ तदनुसार सन् २०२५ मे ६ मा सम्मानित सर्वोच्च अदालतबाट निवेदन नं. ०८०-WO-११82 मा सुनुवाई हुँदा डा. बद्री के.सी. नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदावधि मिति २०८२/०७/०४ सम्म रहेको भन्ने कुरा उल्लेख गरिएको समेत जानकारीमै रहेको छ । उक्त आदेशले उच्चस्तरीय समितिको नाममा सम्पन्न भएको...
गैरआवासीय नेपाली संघ र रिटर्नी फेडरेशन नेपालबीच सहकार्यको प्रतिबद्धता

गैरआवासीय नेपाली संघ र रिटर्नी फेडरेशन नेपालबीच सहकार्यको प्रतिबद्धता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपालबीच आपसी सहकार्यलाई सुदृढ गर्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । बालुवाटारस्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा आपसी अनुभव साटासाट गर्नुका साथै साझा एजेन्डामा मिलेर काम गर्ने सहमति गरिएको हो । एनआरएनएका अध्यक्ष डा. बद्री केसीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को २०२१–२२ को तथ्यांक प्रस्तुत गर्दै सो अवधिमा ४ लाख ७० हजार ९७८ नेपाली रिटर्नीको आँकडा रहेको बताउँदै उनीहरूको पुनःएकीकरणमा सहकार्य अपरिहार्य भएको उल्लेख गर्नुभयो। ूरिटर्नी फेडरेशन र एनआरएनएको उद्देश्य उस्तै छन्, भन्दै डा. केसीले रिटर्नी फेडरेशनले सुरु गर्न लागेको ‘नवयुग’ परियोजना सञ्चालनमार्फत सहकार्यलाई संस्थागत रूप दिन आग्रह गर्नुभयो। उहाँले परामर्श, कानुनी सहयोग, रोजगारी, सीप अभिवृद्धि, डिजिटल साक्षरताजस्ता विषयमा एकीकृत परियोजनामा...
स्पेनको बार्सिलोनामा मनाइयो ‘सगरमाथा उत्सव’

स्पेनको बार्सिलोनामा मनाइयो ‘सगरमाथा उत्सव’

अमेरिका । ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसरमा स्पेनमा विशेष कार्यक्रमका साथ ‘सगरमाथा उत्सव’ मनाइएको छ । स्पेनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिनको स्मरण गर्दै शुक्रबार बार्सिलोनामा ‘सगरमाथा उत्सव’ मनाइएको हो । सन् १९५३ मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । उक्त ऐतिहासिक दिनको स्मरण गर्दै स्पेनमा पनि सगरमाथा दिवस मनाइएको हो । सगरमाथा आरोही तथा आठ हजारभन्दा अग्ला हिमाल आरोहण गर्ने स्पेनी पर्वतारोहीलाई सम्मान गरिएको थियोे । सन् १९७५ मा मनास्लु र पछि सगरमाथा आरोहण गरेर इतिहास रच्ने स्पेनी पर्वतारोही तथा भूगर्भविद् प्रोफेसर जेरोनिमो लोपेज मार्टिनेज, ‘एभरेस्ट ९३’ वृत्तचित्रका निर्देशक तथा पर्वतारोही जौमे अल्टाडिल क्लुआ, महिला पर्व...
एनआरएनए जापानद्वारा मोरङको भगवती माविका विधार्थीका लागि झोला हस्तान्तरण

एनआरएनए जापानद्वारा मोरङको भगवती माविका विधार्थीका लागि झोला हस्तान्तरण

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु हस्तान्तरण गरिएको छ । संघको बालुवाटारस्थित आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले विद्यालयका प्रतिनिधिलाई झोलाहरु औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो । यस सहयोगले विद्यार्थीहरूलाई पठनपाठनमा थप प्रेरणा र प्रोत्साहन मिल्ने विश्वास लिइएको छ । आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका बालबालिकाका लागि यो सहयोग निकै महत्वपूर्ण हुने विद्यालय पक्षको भनाइ छ । उक्त सामग्रीहरु स्थानीय तहमा विद्यालयमार्फत वितरण गरिने छ । एनसीसी जापानले वान एनसीसी वान च्यारिटी परियोजना अन्तर्गत उक्त सहयोग गरेको हो ।...
एनआरएन लक्षित बजेटमा समावेश गरिएका बुँदाहरूको एनआरएनएद्वारा स्वागत

एनआरएन लक्षित बजेटमा समावेश गरिएका बुँदाहरूको एनआरएनएद्वारा स्वागत

नेपाल । नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्यमा गैरआवासीय नेपालीहरू र वैदेशिक लगानीलाई लक्षित गर्दै समावेश गरिएका विभिन्न सकारात्मक नीति तथा कार्यक्रमहरू प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ । उक्त बजेटमा उल्लेख गरिएका महत्वपूर्ण बुँदाहरूप्रति विज्ञप्तिमार्फत आभार व्यक्त गरेको हो । विज्ञप्तिमा भनिएको छ– सरकारले वैदेशिक लगानी, वैदेशिक रोजगारी, शिक्षा, प्रवासीको हित संरक्षण र उत्पादनशील क्षेत्रको विकासमा स्पष्ट र सकारात्मक नीति अघि सारेको महसुस गरेका छौं। साथै, हामी विश्वस्त छौं कि गैरआवासीय नेपालीहरूसम्बन्धी ऐन तथा नियमावलीहरूमा आवश्यक संशोधन गर्दै, गैरआवासीय नेपाली र एनआरएन नेपाल डेभलप्पमेन्ट फण्डलाई प्राथमिकता दिने व्यवस्था चाँडै गरिनेछ। विशेषगरी, IPO तथा पूँजी बजारसम्बन्धी नियमनहरू परिमार्जन गरिँदै गैरआवासीय नेपालीहरूको प्रत्यक्ष सहभागिता राष्...