 
            नेजाका सदस्य केसीको क्यान्सर उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन
            -सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो साधारण सदस्य पत्रकार रजेन्द्र केसी (र केसी) को क्यान्सर उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको छ।
मेटास्ट्याटिक मालिग्नेन्ट प्यानक्रियटिक क्यानसर( Metastatic Malignant pancreatic Cancer) बाट पिडित पत्रकार केसीको उपचारका लागि सक्दो सहयोग पुगोस् भन्ने हेतुले नेजाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको जनाएको छ ।
अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरु आवद्ध संस्था नेजाले उक्त अभियानमा साथ दिन सबैसंग अपिल गरेको छ ।
पत्रकार केसीलाई संस्थाको तर्फबाट एकहजार अमेरिकी डलर सहयोग रकम प्रदान गर्दै नेजाले संस्था परिवार भित्र र संस्था बाहिरबाट पनि गोफन्डमीमार्फत थप आर्थिक सहयोग जुटाउन सार्वजनिक अपिल गरिएको हो । एक महिना अघि मात्र आफू क्यान्सरबाट पिडित भएको पत्तो पाएका पत्रकार केसी र उनको परिवारले आर्थिक ...        
       
    








