सन्जु भट्ट मिसेस वर्ल्ड-२०२६ मा सहभागिता अमेरिकाको लस भेगास प्रस्थान
नेपाल । मिसेस नेपाल इन्टरनेसनल–२०२५ सन्जु भट्ट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड–२०२६ मा सहभागिता जनाउन बिहीबार संयुक्त राज्य अमेरिकाको लस भेगासतर्फ प्रस्थान गर्नुभएको छ ।
सन्जु रिबन इन्टरटेनमेन्टद्वारा केही अघि राजधानीमा सम्पन्न मिसेस नेपाल वर्ल्ड प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल–२०२५ बन्नुभएको थियो ।
मिसेस वर्ल्ड–२०२६ प्रतियोगिता आगामी जनवरी २२ देखि ३० तारिखसम्म लस भेगास, अमेरिकामा आयोजना हुँदै छ । नेपालबाट अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न लागेकी भट्टलाई रिबन इन्टरटेनमेन्ट प्रालिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मानका साथ बिदाइ गरेको छ । बिदाइ समारोहमा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा र प्रतियोगिताका कोरियोग्राफर एवं निर्देशक अश्विनीकान्त झाले बिदाइ गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा अध्यक्ष झाले भट्टको अनुशासन, समर...









