११ श्रावण २०८३, सोमबार

मनोरन्जन

जेनजी सहिदहरुको स्मृतिमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना

जेनजी सहिदहरुको स्मृतिमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना

नेपाल । नयाँ बानेश्वरमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना गरिएको छ । संसद् भवनअगाडिको सडकपेटीमा विभिन्न कलाकारको सामूहिक कला प्रदर्शनी आयोजना गरिएको हो । सो प्रदर्शनीमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाको स्मृति, सुशासनको माग र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कलाकृति प्रदर्शन गरिएको छ । कलाकारले प्रदर्शनीमार्फत युवाको दबिएको आवाजलाई कलाको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका हुन् । भदौ २३ र २४ को घटनाको सम्झनाको स्मरण गर्ने, राजनीतिक सुधारका लागि कलाकारको सक्रियता देखाउने, आन्दोलनको कारण खोजी गर्ने तथा कलाकारको सिर्जनाबाट जनताको आवाज बुलन्द पार्न उद्देश्यले कला प्रदर्शनीको आयोजना गरिएको प्राज्ञ जुपिटर प्रधानले बताउनुभयो । ‘युवामा सामाजिक चेतना फैलाउनु र कलाकारको प्रतिनिधित्वले नेपालको राजनीतिक र सामाजिक संरचनामा आवश्यक सुधार ल्याउन सशक्त माध्यम बन्ने हाम्रो विश्वास छ,” उहाँले भन्नु...
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

अमेरिका । अमेरिकाका विभिन्न सात सहरमा बस्ने नेपाली जातिका प्रतिभाबीच भएको गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीय किशोरी आर्या खनाल प्रथम भएकी छिन् भने नृत्य प्रतिस्पर्धामा कोलम्बसकै १३ वर्षीय खुसी अधिकारी विजयी भएकी छन् । नेपाली जातिहरुको बाक्लो बस्ती भएका ओहायोको कोलम्बस, एक्रोन, सिन्सिनाटी तथा पेन्सिलभेनियाको ह्यारिसवर्ग, ल्यानकास्टर, पिट्सवर्ग र स्क्रान्टनका प्रतिभाहरुले भाग लिएका थिए । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा ओहायोको एक्रोनमा भेला भएका यी प्रतिभाहरुबीच यही डिसेम्बर २० र २१ मा प्रतियोगिता आयोजना भएको थियो । प्रस्तुतिमा गायनतर्फ सिन्सिनाटीका दिगान्त गुरुङ दोस्रो भएका थिए भने नृत्यतर्फ ल्यानकास्टरकी आयुसा चापागाई दोस्रो भएको फाउण्डेसनले विज्ञप्तिमार्फत जनाएको छ । त्यसैगरी कोलम्बसकै कुञ्जन सुवेदी गायनतर्फ तेस्रो भइन भने ह्यारिसवर्गकी सामन्था क्षे...
नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा

नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा

नेपाल । शुक्रबारदेखि देशभरका हलमा नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ । ‘झरीपछिको इन्द्रेणी’ पारिवारिक कथावस्तु रहेको चलचित्र भ्रष्टाचारविरुद्ध लड्ने पात्रको कथावस्तुमा आधारित छ । अर्जुन घिमिरे (पाँडे) चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन र पाँडेलगायतका कलाकारको अभिनय रहेको छ । नागराज इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको चलचित्रको कथा निर्देशक स्वयंले लेख्नुभएको हो । पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको सहकार्य रहेको छ । ...
सङ्गीतकार नातिकाजीको १०१ औँ जन्मजयन्ती मनाइयो

सङ्गीतकार नातिकाजीको १०१ औँ जन्मजयन्ती मनाइयो

नेपाल । नेपाली आधुनिक सङ्गीतका सुर शिरोमणि भनेर चिनिने सङ्गीतकार नातिकाजी श्रेष्ठको बिहीबार १०१ औँ जन्मजयन्ती मनाइएको छ । कुटुबहालस्थित उहाँकै निवासमा एक कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाइएको हो । कार्यक्रममा उहाँको फोटोमा माल्यार्पण गरिनुका साथै उहाँले गर्नुभएको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले उहाँको राष्ट्रियस्तरबाट नै पुरस्कार घोषणा गरिनुपर्ने बताउनुभयो । अहिले स्मृति समाजले नै कार्यक्रम आयोजना गरिरहेको उहाँको भनाइ थियो । यस पटक उहाँको जन्मजयन्तीका अवसरमा निजी क्षेत्र र राज्यबाट विशेष कार्यक्रम आयोजना भइदिए हुन्थ्यो भन्ने उहाँको भनाइ थियो । उहाँले नातिकाजीकी श्रीमती सरस्वती श्रेष्ठको निधन भएको ९० दिन नपुगेको हुनाले हरेक वर्ष प्रदान गरिँदै आएको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कारको घोषणा केही पछि सारिएको पनि जानक...
चलचित्र ‘बिगुल’ को टिजर सार्वजनिक

चलचित्र ‘बिगुल’ को टिजर सार्वजनिक

नेपाल । चलचित्र ‘बिगुल’ को टिजर सार्वजनिक भएको छ । टिजरमा देशको वर्तमान राजनीति, देश प्रेम, सम्बन्ध–जिम्मेवारी अनि जेनजी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ । रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रको कथाकार र निर्माता दिनेश कोइराला हुनुहुन्छ । कथाकार तथा निर्माता कोइरालाले चलचित्रमा आफूहरूले उठाएको मुख्य मुद्दा र अहिले जेनजी पुस्ताले राखेको माग, देश सिकास र परिवर्तनप्रति आमनेपालीको चाहनाको विषय ठ्याक्कै मिल्न गएको बताउँदै आउनुभएको छ । चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर बाङ्देल, विनोद न्यौपानेलगायतको अभिनय रहेको छ । चलचित्रको पटकथा–संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेख्नुभएको हो । शिव ढकालको छायाङ्कन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौल...
अमेरिका पुगेका नेपालीको कथा समेटिएको चलचित्र ‘प्रवासी जीवन’ को पोस्टर सार्वजनिक

अमेरिका पुगेका नेपालीको कथा समेटिएको चलचित्र ‘प्रवासी जीवन’ को पोस्टर सार्वजनिक

नेपाल । महानायक राजेश हमाल अभिनित नयाँ चलचित्र ‘प्रवासी जीवन’ को पोस्टर सार्वजनिक गरिएको छ । नेपालबाट आफ्नो उज्ज्वल भविष्य र स्थायित्वका लागि अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्रलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गर्नुभएको हो । प्रवासीहरूको सुखदुःख, आरोहअवरोह र चुनौतीलाई मुख्य विषयवस्तु बनाएर फिल्म तयार गरिएको निर्देशकमध्येका एक श्याम क्षेत्रीले बताउनुभयो । अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको उक्त फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेसनल मिडिया प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेको हो । चलचित्रमा सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एन्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपानेलगायतको अभिनय रहेको छ । चलचित्र आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने छ ।...
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको अधिवेशन अमेरिकाको पेन्सिलभेनियामा हुने

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको अधिवेशन अमेरिकाको पेन्सिलभेनियामा हुने

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको दोस्रो वार्षिक अधिवेशन अमेरिकाको पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ । अध्यक्ष हरि उप्रेतीका अनुसार, संघको आयोजनामा सम्पन्न हुने उक्त अधिवेशन आगामी मार्च २९, २०२६ का दिन हुने छ । समारोहको संयोजन तथा व्यवस्थापन स्थानीय नेपाली साहित्यिक संस्था ‘साहित्य कला संगम’ले गर्ने तयारी गरेको पनि उहाँले बताउनुभयो । अधिवेशनमा संघको वार्षिक गतिविधि र आर्थिक गतिविधि माथि छलफल गरिनुका साथै भावी कार्यायोजना प्रस्तुत गरिनेछ । स्थानीय कार्यक्रम संयोजक ‘साहित्य कला संगम’ द्वारा तयार पारिएको विभिन्न साहित्यिक एवं सांस्कृतिक कार्यक्रमसहित संस्थाको बारेमा अन्तरक्रिया गरिने कार्यक्रम पनि रहनेछ । संघले यसको प्रथम अधिवेशनदेखि नै गीत रचनामा उत्कृष्ठ योगदान पुर्याउने एकजना विशिष्ट गीतकारलाई १ हजार अमेरिकी डलर नगद पुरस्कार सहित ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ द...
काभ्रेको पनौतीबाट चलचित्र ‘झिँगेदाउ २’को छयाङ्कन सुरु

काभ्रेको पनौतीबाट चलचित्र ‘झिँगेदाउ २’को छयाङ्कन सुरु

नेपाल । निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट चलचित्र ‘झिँगेदाउ २’को छायांकन सुरु गरेका छन् । सोमबार शुभमुहूर्त सहित साढे तीन करोड लगानी रहने सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेलको छयांकन सुरु गरिएको निर्माता समेत रहेको निर्देशक देउजाले बताए । मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन सुरु भएको सिनेमाको सेड्युल ६० दिनको राखिएको छ । यो सिनेमाका लागि काभ्रेको पनौतीमा भव्य सेट लगाइएको छ । त्यसपछि काठमाडौँ, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा यो सिनेमाको छायांकन गरिनेछ । अर्को वर्षको दसैँमा रिलिज लक्ष्य राखिएको सिनेमाको कथा ‘झिँगेदाउ’ सकिएको दृश्यबाट नै निरन्तरता दिएको छ । कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसा...
गीति एल्बम ‘परेली’को विमोचन

गीति एल्बम ‘परेली’को विमोचन

नेपाल । गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको गीति एल्बम ‘परेली’को एक समारोहबिच विमोचन गरिएको छ । छ वटा गीत सङ्ग्रहित सो एल्वमका दुई वटा गीतको भिडियो निर्माण गरिएको छ । डा।पोखरेलको लेखनका ती गीतहरूमा वरिष्ठ सङ्गीतकार दीपक शर्माको सङ्गीत तथा वरिष्ठ गायक राजेश पायल राई, शिव परियारलगायतका गायकहरूले स्वर दिनुभएको छ । वरिष्ठ चलचित्रकर्मी एवं गीतकार नीर शाह, चलचित्र पत्रकार प्रकाश सुवेदी, टेलिभिजन पत्रकार टीकाराम यात्री, गायक परियार र चलचित्र निर्माता सुनील पोखरेलले एल्वमको विमोचन गर्नुभएको थियो । सो अवसरमा वरिष्ठ चलचित्रकर्मी एवं गीतकार शाहले सङ्गीत क्षेत्रमा नवीनतम् प्रयोग नभएसम्म यसको श्रीवृद्धि हुन सक्दैन भन्नुभयो । उहाँले गीति साहित्य सरल, सुसंस्कृत साहित्य भएको बताउँदै साहित्यका अन्य विधाभन्दा गीति क्षेत्र कम सशक्त छैन भन्नुभयो । संविधान सभाका सदस्यसमेत रहनुभ...
स्वरसम्राट नारायणगोपालको ३५ औँ स्मृति दिवस मनाइँदै

स्वरसम्राट नारायणगोपालको ३५ औँ स्मृति दिवस मनाइँदै

नेपाल । स्वरसम्राट नारायणगोपालको ३५ औँ स्मृति दिवस शुक्रबार मनाइँदै छ । नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन् । काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मिएका नारायणगोपालले २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वरपरीक्षा पास गरेका थिए । ३० वर्षको गायनयात्रामा उनले १३७ गीत गाएको संगीतका अध्येता प्रकाश सायमी बताउँछन् । साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना ९बाजा, गीत, नाच० नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए । दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो। थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए । योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएका थिए ।...