नेपाल । नेपाली चलचित्र ‘लाली बजार’ प्रदर्शन रोक्न माग गर्दै दायर भएको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश प्रकाश ढुंङ्गानाको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।
यम थापा निर्देशित फिल्म १८ बैशाखदेखि प्रदर्शन तयारीमा थियो । षट्कोण आर्टस्ले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ ।
अदालतले यसअघि नै सम्प्रदायका मानिसहरूको मानमर्यादा, इज्जत प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने कसैप्रति द्वेष वा वैमनस्या उत्पन्न गर्ने साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता शब्द चित्रसहितका चलचित्रहरूको प्रदर्शन गर्नु नेपालको संविधान विपरीत हुने हुँदा संविधान र प्रचलित कानुनअनुसार भूमिका निर्वाह गर्न आदेश दिएको र लाली बजारको रिटमा पनि सोहीअनुसार गर्न अल्पकालिन आदेश दिएको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्