११ कार्तिक २०८२, मंगलवार

मनोरन्जन

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपतिद्वारा स्वागत

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपतिद्वारा स्वागत

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकबाट नेपाल आइपुगेका ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धीहरुलाई राष्ट्रपति निवास शीतल निवासमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्वागत गर्नुभएको छ । परोपकारी संस्था ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’को आयोजनामा नेपालमा जारी दुई रियालिटी शोका प्रतिस्पर्धीहरुलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाली संस्कृतिलाई जीवन्त राख्न आआफ्नो स्थानबाट पहल गर्न आग्रह गर्नुभयो । राष्ट्रपति पौडेलले विभिन्न मुलुकबाट नेपाल आएका प्रतिस्पर्धीहरु सांस्कृतिक दूत भएको उल्लेख गर्दै नेपाली संस्कृतिलाई विश्वव्यापीरुपमा नेपाली समुदायमा पुर्याउन इन्ट्रा फाउण्डेसनको प्रयासको प्रशंसा गर्नुभयो । नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रत्येक साताको बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स प्रसारण सुरु भएको छ भने आइतवार र सोमबार...
गाउँदेखि सहरसम्म घन्किन थाले देउडा गीतका भाका

गाउँदेखि सहरसम्म घन्किन थाले देउडा गीतका भाका

नेपाल । कुनै समय रातमा गाउँमा लुकेर गाइने देउडा गीतका भाका बदलिँदो समयसँगै गाउँदेखि सहरसम्म घन्किन थालेका छन् । अहिले प्रायः कार्यक्रममा देउडा गीत गाइन थालेपछि सर्वसाधारणको रुचि पनि यसतर्फ बढेको छ । कुनै समय देउडा गाउने गायक नगन्य मात्रामा रहेका थिए भने गीत गाउन मानिसले लाज मान्थे । कुनै समय राति मात्र गाइने देउडा अब दिउँसै गाइनुले पनि यसतर्फ सर्वसाधारणको रुचि बढेको भान हुन्छ । हाल गाउँदेखि सहरसम्म विभिन्न भाकामा देउडा कलाकारहरू गाउने चलन बढ्दै गएको संस्कृति संरक्षण समाजका अध्यक्ष तीर्थराज रोकायाले बताउनुभयो । केही दिनअघि समाजले खुला राष्ट्रिय देउडा प्रतियोगिता आयोजना गर्दा अठार जिल्लाका ३६ समूहको सहभागिता रहेको थियो । उहाँले उक्त प्रतियोगिता सञ्चालन अवधिभर सुर्खेत देउडामय भएको बताउनुभयो । गत फागुन १२ मा काठमाडौँमा पनि हुम्लाको युवा क्लबले देउडा प्रतियोगिता आयोजना गर्दा टुँडिखेल देउडामय...
यस्तो छ झिल्को चलचित्रको कथावस्तु

यस्तो छ झिल्को चलचित्रको कथावस्तु

नेपाल । प्रविधि आफैँ खराब होइन तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने कलाकार विशाल पोखरेल बताउनुहुन्छ । यस्तै विषयवस्तुलाई लिएर उहाँ अभिनीत चलचित्र झिल्को बैशाख १९ गते शुक्रबारबाट प्रदर्शनमा आएको छ । उहाँ भन्नुहुन्छ, “चलचित्रको कथा मेरो परिवारमा मोबाइलले गर्दा घटेको घटनासँग मेल खान्छ ।” उहाँ थप्नुहुन्छ, “झिल्कोलाई हामीले विम्बका रूपमा लिएका छौँ । ८४ हजार जीवमध्ये मान्छे मात्रै यस्तो जीव हो, जसले आगोलाई नियन्त्रण गरेर आफ्नो अनुकूलको वातावरण सिर्जना गरेर उपयोग गर्न सकिरहेको छ । त्यस कारण पनि मोबाइल अथवा अन्य प्रविधिलाई झिल्कोका रूपमा लिइएको पोखरेलले बताउनुभयो । बालबालिकामा पर्ने असरका बारेमा अहिलेको समाजले नसोचेको हो जस्तो हामीलाई महसुस भयो । उहाँले बालबालिकामा डिजिटल ग्याजेटको लत लाग्नुमा अभिभावक पनि...
गायक भीम चापागाईको नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक (भिडियो)

गायक भीम चापागाईको नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक (भिडियो)

नेपाल । गायक भीम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक भएको छ । प्रेम र मिठासले भरिएको यो गीतले छोटो समयमै स्रोतामाझ उत्साहजनक चर्चा बटुल्न थालेको छ । गीतमा शब्द रचना नेत्र अर्यालले गरेका छन् भने संगीत र एरेन्ज लक्षु प्रकाश मल्लले गरेका छन् । लक्षु प्रकाश मल्ल विश्वकीर्तिमानी संगीतकार हुन । गीतको मिक्सिङ र माष्टरिङ एचबीएन किस्मतले सम्पन्न गरेका छन्। गीतको रेकर्डिङ कार्य १ डिबी स्टुडियोमा रेकर्डिस्ट राज खड्काले सम्हालेका हुन्। समूह स्वरमा अञ्जन बाबु शर्मा र लक्षु प्रकाश मल्लले साथ दिएका छन्।’मायाको हाँसो’ को अडियो तथा भिडियो भिम चापागाईंको आधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियो पक्षमा पनि गीतले उच्च स्तर कायम गरेको छ । भिडियोलाई निर्देशक अशोक बीकेले निर्देशन गरेका छन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन् । गीतको दृश्यलाई जीवन्त बनाउन नवराज उप्रेतीले सिनेम...
कुमा सागर एण्ड ख्वप ब्यान्डको अष्ट्रेलिया टुर सम्पन्न

कुमा सागर एण्ड ख्वप ब्यान्डको अष्ट्रेलिया टुर सम्पन्न

नेपाल । गायक कुमा सागर एण्ड ख्वपा ब्यान्डको सांगीतिक अष्ट्रेलिया भ्रमण सम्पन्न भएको छ। अष्ट्रेलियाको सिड्नीमा रहेको वाइएनवाइ इभेन्टसद्वारा आयोजित सांगीतिक कार्यक्रम हावाको लहरसँगै अष्ट्रलिया टुर २०२५ नाम दिइएको उक्त टुर २४ मार्च २०२५ मा सिड्नीमा शुरू भएर अष्ट्रेलियाको अरू प्रमुख शहरहरू ब्रिसबेन, क्यानबेरा, होबार्ट र पर्थ हुदै अन्तिम शो १४ अप्रिल २०२५ मा मेलबर्नमा आयोजना गरिएको थियो । कुमा सागर अष्ट्रेलियाकै सबैभन्दा पुरानो हेरिटेज पर्फर्मेन्स भेन्यू सिड्नीको न्यू टाउनमा अवस्थित प्रतिष्ठित एनमोर थिएटरमा सम्पन्न सांगीतिक प्रस्तुति दिने पहिलो नेपाली गायक बन्न सफल भएका छन् । उक्त कार्यक्रमलाइ वाएनवाइ इभेन्टसकी प्रबन्ध निर्देशक प्रज्ञा अमात्य भण्डारीले ऐतिहासिक मात्र नभएर, सिड्नीमा भएका अहिलेसम्मकै कुनै पनि नेपाली कलाकारहरूको सबैभन्दा यादगार उत्कृष्ट ३ प्रस्तुतिमा गणना गर्न मिल्ने कार्यक्रमक...
जनप्रिय गायक जीवन शर्मालाई हेटौँडामा नगदसहित सम्मान

जनप्रिय गायक जीवन शर्मालाई हेटौँडामा नगदसहित सम्मान

नेपाल । जनप्रिय गायक जीवन शर्मालाई हेटौँडामा नगदसहित सम्मान गरिएको छ। साहित्य सङ्गम मकवानपुरले श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८२ बाट गायक जीवन शर्मालाई नगद २५ हजार रुपियाँ पुरस्कार राशिसहित सम्मान गरेको हो । हेटौँडा–४ स्थित ओम्याक्स सिनेमा हलमा शुक्रबार साँझ आयोजित भव्य समारोहमा उहाँलाई सम्मान गरिएको हो। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले व्यवस्थापन गरेको पुरस्कारबाट शर्मालाई सम्मान गरिएको हो। बागमती प्रदेशका पूर्वमन्त्री एकालाल श्रेष्ठ, साहित्यकार निमेष निखिल, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, सङ्गमका अध्यक्ष डिबी बर्तौला, सूर्यचन्द्र न्यौपाने लगायतले संयुक्त रूपमा गायक शर्मालाई सम्मानपत्र सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा गायक शर्माले केही चर्चित गीतहरू गाउनु भएको थियो ।...
द भ्वाइस अफ नेपाल सिजन ६ मा प्रोसेस पाण्डे जिते उपाधि

द भ्वाइस अफ नेपाल सिजन ६ मा प्रोसेस पाण्डे जिते उपाधि

नेपाल । द भ्वाइस अफ नेपाल सिजन ६ मा प्रोसेस पाण्डे विजेता बनेका छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि जितेका हुन् । प्रोसेसले टिम खेम सेञ्चुरीबाट प्रतिस्पर्धा गरेका थिए । यस्तै टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप भएका छन् । यस्तै सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बनेका छन् । अर्पना आचार्य थर्ड रनरअप बनेकी छन् । उनले टिम उदय सोताङबाट प्रतिनित्व गरेकी थिइन् ।...
अमेरिका बस्ने नेपाली भाषीको दैनिकीलाई सचित्र उतारेको चलचित्र ‘भूठान’

अमेरिका बस्ने नेपाली भाषीको दैनिकीलाई सचित्र उतारेको चलचित्र ‘भूठान’

नेपाली भाषीको मनोभाव बोल्ने कथा हो ‘भूठान’ । अमेरिका बस्ने नेपाली भाषीको दैनिकीलाई सचित्र उतारेको छ, चलचित्रले । चलचित्रका मुख्य कलाकार विष्णुकुमार केसी (हरिवंश आचार्य) को सेरोफेरोमा कथा अघि बढ्छ । भूठानमा रहँदा त्यहाँको राष्ट्रिय फुटबल टिममा रहेर देशलाई जिताउन उनले खेलेको खेल, भूठानको माटोमा उनले बिताएको बाल्यकाल, गाउँबस्तीका बाटो र सिमलको रुख उनको आँखा वरिपरि घुमिरहन्छ । एक लाखभन्दा बढी नेपाली भाषीलाई भूठानबाट लेखेटिएपछि उनीहरू अमेरिका, युरोपका विभिन्न देशमा बस्दै आएका छन् । सुविधासम्पन्न सहर, चिल्ला सडक तर त्यही सम्पन्न सहरमा बस्ने नेपाली भाषीको मनमा भएको उकुसमुकुसको कथा हो ‘भूठान’ । आफ्नो थातथलो छाड्नु पर्दाको छटपटी, निराशा र वेदनालाई चलचित्रमा विष्णुकुमारले आफ्नो अभिनयमार्फत पोखेका छन् । विडम्बना भनौँ या उनको भाग्य १० औँ पटक भिसा आवेदन दिँदा पनि उनी आफ्नो जन्मथलो पुग्न पाउँदैनन् । ...
शुभकामना सांस्कृतिक सांझमा लोकगायक बिमल डांगीले कोलोराडोवासीलाई नचाए

शुभकामना सांस्कृतिक सांझमा लोकगायक बिमल डांगीले कोलोराडोवासीलाई नचाए

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषी समुदायले लोकगायक बिमल डांगीको उपस्थितीमा एक भब्य शुभकामना सांस्कृतिक सांझ कार्यक्रमको आयोजनागरी नयांबर्ष २०८२ को शुभकामाना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरुको उपस्थिती रहेको थियो । शनिबार सांझ यहां स्थित वेष्टमिनिष्टर सहरमा सम्पन्न भएको कार्यक्रममा सहभागी हुन कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, केही आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए । शुभकामना सांझको पहिलो सत्र कार्यक्रमका प्रमुख अथिती प्राध्यापक डा. विजयराज शर्माले पानसमा बत्ती बालेर कार्यक्रमको उद्धाटन गरेका थिए भने, संस्थाका निवर्त...
चलचित्र ‘जार’ को ‘ए ठुली’ बोलको गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘जार’ को ‘ए ठुली’ बोलको गीत सार्वजनिक (भिडियो)

नेपाल । चलचित्र ‘जार’ को ‘ए ठुली’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा शब्द हर्क साउदको रहेको छ । सङ्गीत झुमा लिम्बू स्वयंको छ । गीत लोकलयमा आधारित रहेको निर्माण पक्षले जनाएको छ । गीतले प्रेमको कुरा गर्छ । प्रेमिल गीतले प्रेममा रहेका व्यक्तिले गर्ने रुमानी कल्पना र मिठो प्रतीक्षालाई देखाएको छ । वैशाख २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, गीताञ्जली थापालगायत कलाकारको अभिनय रहेको छ । भिडियोले स्थानीय ग्रामीण जनजीवन चित्रण गरेको छ । चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमारिन्जिङ लेप्चा रहनुभएको छ । सरवान इलावार्सुको छायाङ्कन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । https://www.youtube.com/watch?v=lHLhpUCttE4...