५ आश्विन २०८३, सोमबार

मनोरन्जन

अभिनेतृ दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’ शल्यक्रिया

अभिनेतृ दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’ शल्यक्रिया

नेपाल । चलचित्र निर्देशक तथा अभिनेतृ दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’ शल्यक्रिया गरिएको छ। परीक्षणको क्रममा ब्रेनमा ट्युमर देखिएपछि काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा कलाकार निरौलाको सफल शल्यक्रिया गरेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरिएको हो । अस्पताल स्रोतका अनुसार गत मंगलबार उनको ब्रेनको शल्यक्रिया गरिएको हो । शल्यक्रियाबाट मस्तिष्कबाट निकालिएको ट्युमर ‘बायोप्सी’ परीक्षणका लागि लगिएको छ। ‘शल्यक्रिया सफल भएको छ, हाल उहाँको अवस्था सुधारोन्मुख छ’, अस्पताल स्रोतले भन्यो, ‘तर बायोप्सीको रिपोर्ट भने आइसकेको छैन ।’ ...
नेपाली फिल्म ‘आशा’ निर्माण हुने

नेपाली फिल्म ‘आशा’ निर्माण हुने

नेपाल । नेपाली फिल्म ‘आशा’ निर्माण हुने भएको छ । बिहीबार साँझ काठमाडौंमा आयोजित एक भव्य समारोहबिच शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको औपचारिक घोषणा गरिएको हो । फिल्मको लेखन तथा निर्देशन राजिव गुरुङले गर्ने छन् । फिल्म घोषणा कार्यक्रमलाई फरक शैलीमा प्रस्तुत गरिएको थियो । अग्रज प्राविधिकलाई सम्मान गर्दै आयोजना गरिएको कार्यक्रममा फिल्मको विषयवस्तु, कलाकार तथा प्राविधिक टोलीको परिचय गराइएको थियो । ११ जना बटुकद्वारा स्वस्तिवाचन गरिएपछि फिल्मको शीर्षक र कलाकार सार्वजनिक गरिएको थियो ।...
चलचित्र ‘तरङ्ग’ आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा

चलचित्र ‘तरङ्ग’ आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा

नेपाल । दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सक्रीय कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय चलचित्र ‘तरङ्ग’ को प्रदर्शन मिति तय गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी मंसिर १८ गतेबाट सार्वजनिक प्रदर्शनमा ल्याउने घोषणा गरेको हो । देवदत क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रलाई श्रीराम बालाजी फिल्मको लागि सुनिल मानन्धरले वितरण गर्दैछन् । सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरू वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा फिचर्ड छन् । चलचित्रका अन्य कलाकारमा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरीको प्रमुख अभिनय रहेको छ । तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता हरिनारायण चौधरी हुन् । महेश पौडेलले छायाङ्कन गरेको फि...
मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने

मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने

नेपाल । निर्देशक मिलन चाम्सको निर्देशनमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ । काठमाडौँमा सोमबार एक भव्य कार्यक्रम गर्दै बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको हो । चलचित्रको औपचारिक शुभारम्भ मदनकृष्ण र उनका जोडी कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा गरेका हुन् । मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन सङ्घर्ष र आरोह–अवरोहलाई समेटेर बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माण हुनेछ । बायोपिक चलचित्र ‘मदनकृष्ण’लाई चर्चित निर्देशक मिलन चाम्सले निर्देशन गर्दैछन । मिलन चाम्स बायोपिक निर्माणमा अब्बल निर्देशक मानिन्छन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो । यो चलचित्र बक्सअफिसमा सुपरहिट भएको थियो । समीक्षात्मक रूपमा पनि स...
अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा हास्य कलाकार खेम शर्माको निधन

अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा हास्य कलाकार खेम शर्माको निधन

नेपाल । एक समयका चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ । उनको अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्चाल फेसबुकमार्फत जानकारी दिएका हुन् । पछिल्लो समय अमेरिकामा रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका थिए। उनी टेलिफिल्म ‘चतुरेको दाउपेच’बाट चर्चामा आएका थिए। ...
लोकगायक प्रेमराजा महतको मौलिक कौराहा गीतको भिडियो सार्वजनिक

लोकगायक प्रेमराजा महतको मौलिक कौराहा गीतको भिडियो सार्वजनिक

नेपाल । लोकगायक प्रेमराजा महतको शब्द, सङ्गीत र स्वरमा तनहुँको मौलिक कौराहा गीतको भिडियो सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गीतको शब्द र सङ्गीत प्रेमराजा महतको रहेको छ । स्वरमा भने उहाँलाई अन्य कलाकारले समेत साथ दिएका छन् । सङ्गीत संयोजनमा बिबी अनुरागीले मिहिनेत गर्नुभएको छ भने ध्वनि मिश्रण श्यामश्वेत रसाइलीले गर्नुभएको छ । प्रिज्मा रेकर्डिङ स्टुडियोमा ध्वनि रेकर्डिङ भएको गीतको दृश्य सम्पादन मिराज अर्यालले गर्नुभएको हो । छायाङ्कनमा मानकृष्ण महर्जन र सुवास महर्जनले मिहिनेत गरेको भिडियोको कलरिङ राजेन्द्र मोक्तानले गर्नुभएको हो । गीतको परिकल्पना गायक महतको हो भने नृत्य निर्देशन एकिन्द्र साराशङ्करले गर्नुभएको छ । म्युजिक भिडियोमा गायक महत, चाहना रानामगरसँगै एकिन्द्र साराशङ्कर, प्रसिद्ध कटिला, अञ्जन थापा, प्रताप राना, नरेन्द्र थापा, हिमालजङ्ग भण्डारीले अभिनय गर्नुभएको छ । निर्मल न्यौ...
हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो पटक नाटक ‘महाभारत’मा

हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो पटक नाटक ‘महाभारत’मा

नेपाल । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गर्नुभएको छ । साथै, कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ । सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मालगायत अन्य २० जना कलाकार पनि ‘महाभारत’का लागि कान्तिपुर थिएटरको मञ्चमा देखिँदैछन् । भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गर्नुभएको छ । नाटकको अनुवाद प्रकाश दाहालले गरेका हुन् भने सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, सङ्गीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरीले गर्नुभएको छ ।...
‘लालीबजार’ मा प्रयोग गरिएका आपत्तिजनक शब्दलाई हटाएर मात्र प्रदर्शन गर्न आदेश

‘लालीबजार’ मा प्रयोग गरिएका आपत्तिजनक शब्दलाई हटाएर मात्र प्रदर्शन गर्न आदेश

नेपाल । उच्च अदालत पाटनले नेपाली चलचित्र ‘लालीबजार’ मा प्रयोग गरिएका आपत्तिजनक शब्दलाई हटाएर मात्र प्रदर्शन गर्न आदेश दिएको छ । ​उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुइकेलको संयुक्त इजलासले बुधबार उक्त आदेश जारी गरेको हो। अदालतले चलचित्रमा प्रयोग भएका वादी समुदाय र तत्कालीन राजसंस्थासँग जोडिएका आपत्तिजनक शब्दहरूलाई पूर्ण रूपमा नसुनिने (म्युट) बनाएर मात्र प्रदर्शन गर्न आदेश जारी गरेको हो । ​सामाजिक अभियान्ता ​रोशनी नेपालीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड), चलचित्र विकास बोर्ड र पड्कोण आर्ट्स लगायतलाई विपक्षी बनाई फिल्म प्रदर्सन रोक्न परमादेशको माग गर्दै रिट दायर गरेकी थिइन्। ​उनले ‘लालीबजार’ चलचित्रले वादी समुदायको आत्मसम्मानमा गहिरो ठेस पुर्‍याएको जिकिर गरेकि थिइन् । चलचित्रमा वादी समुदायलाई यौनकर्मी र वेश्यावृत्तिको ...
कान्स फिल्म फेस्टिभलमा ‘जुरी प्राइज’ प्राप्त गर्ने ‘एलिफेन्ट इन द फग’ को टोलीलाई भव्य स्वागत

कान्स फिल्म फेस्टिभलमा ‘जुरी प्राइज’ प्राप्त गर्ने ‘एलिफेन्ट इन द फग’ को टोलीलाई भव्य स्वागत

नेपाल । ७९ औँ कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रतिष्ठित ‘जुरी प्राइज’ प्राप्त गर्ने चलचित्र ‘एलिफेन्ट इन द फग’ को टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले चलचित्र टोलीलाई स्वागत गर्नुभएको हो । चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा गरिएको स्वागत कार्यक्रममा चलचित्र क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।...
ऐतिहासिक चलचित्र प्रदर्शन स्थल ‘जय नेपाल सिनेमाज’ नयाँ व्यवस्थापनका साथ पुनः सञ्चालनमा

ऐतिहासिक चलचित्र प्रदर्शन स्थल ‘जय नेपाल सिनेमाज’ नयाँ व्यवस्थापनका साथ पुनः सञ्चालनमा

नेपाल । हात्तीसारस्थित ऐतिहासिक चलचित्र प्रदर्शन स्थल ‘जय नेपाल सिनेमाज’ नयाँ व्यवस्थापनका साथ पुनः सञ्चालनमा आएको छ । विक्रम संवत २००९ मा स्थापना भई नेपाली चलचित्र इतिहासको जीवन्त साक्षी बनेको यो हल कोरोना महामारीका कारण शिथिल बन्दै विसं. २०७८ मा पूर्ण रूपमा बन्द हुन पुगेको थियो । हाल ‘बज इन्टरटेनमेन्ट’को नयाँ व्यवस्थापनले यसलाई आधुनिक र आकर्षक शैलीमा पुनर्जीवित गरेको हो । दशकौँसम्म काठमाडौँको चलचित्र संस्कृतिको मुख्य खम्बाका रूपमा रहेको जय नेपाल सिनेमाज क्युएफएक्स ब्रान्डको सुरुआत विन्दु मात्र नभएर विगतमा राजपरिवार र दिग्गज कलाकारहरूको समेत मनपर्ने केन्द्र थियो । लामो समयको अन्तरालपछि हल पुनः सञ्चालनमा आउँदा नयाँ पुस्ता (विशेष गरी १८ देखि ३० वर्ष उमेर समूह) का दर्शकले आधुनिक मल्टिप्लेक्सभन्दा फरक, एउटा ऐतिहासिक विरासत बोकेको हलमा चलचित्र हेर्ने दुर्लभ मौका पाउनेछन् । हलका अध्यक्ष सञ्ज...