५ आश्विन २०८३, सोमबार

मनोरन्जन

‘वीर गणेशमान’ नाटक मञ्चन हुने

‘वीर गणेशमान’ नाटक मञ्चन हुने

नेपाल । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व लौहपुरुष गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग र निष्ठामा आधारित ऐतिहासिक नाटक ‘वीर गणेशमान’ यही भदौ १४ गतेदेखि काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । गणेशमान फाउन्डेसनको आयोजना तथा नेपालको अग्रणी रङ्गमञ्च समूह सर्वनामको प्रस्तुति रहेको यस नाटक आगामी असोज १४ गतेसम्म मञ्चन हुनेछ । यो ऐतिहासिक नाटकको परिकल्पना, नाट्य रूपान्तरण तथा निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गर्नुभएको हो । निर्देशक मल्लका अनुसार ‘वीर गणेशमान’ कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा आधारित नाटक मात्र नभई इमानदारी र देशप्रतिको समर्पणको कथा पनि हो । आफ्नो पाँच दशक लामो नाट्य यात्रामा यस्तो यथार्थपरक नाटक पहिलो पटक गर्न लागेको बताउँदै उहाँले भन्नुभयो, “बिम्ब र प्रतिकसँग खेल्ने मेरो नियमित अभ्यासभन्दा यो प्रस्तुति फरक छ । एउटा निष्ठावान् र सच्चर...
तामाङले जितिन् ‘मिसेस व्यूटिफुल’ उपाधि

तामाङले जितिन् ‘मिसेस व्यूटिफुल’ उपाधि

नेपाल । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगितामा रिता तामाङले ‘मिसेस नेपाल’ को उपाधि जित्नुभएको छ । उहाँले मुख्य उपाधिसँगै मिसेस फोटोजेनिक, मिसेस ट्यालेन्ट र मिसेस बेस्ट वाकको उपाधिसमेत हात पार्नुभयो । पेशाले ब्युटिसियन रहनुभएकी रिता तामाङ काठमाडौंमा आफ्नै ब्युटीपार्लरसमेत सञ्चालन गर्दैआएकी छन्। सौन्दर्य क्षेत्रमा सक्रिय तामाङले आफ्नो व्यावसायिक अनुभवसँगै आत्मविश्वास र प्रतिभालाई प्रतियोगिताको मञ्चमा प्रस्तुत गर्दै चारवटा विधामा उपाधि जितेकी हुन् । राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ नायिका तृप्ती नाडकर तथा वरिष्ठ गायक आनन्द कार्कीको आतिथ्यता रहेको थियो। प्रतियोगिता दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सम्पन्न भएको हो। उपाधि जितेपछि तामाङले आफू अत्यन...
चलचित्र ‘बाः एक योद्धा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘बाः एक योद्धा’को ट्रेलर सार्वजनिक

नेपाल । फिल्म ‘बाः एक योद्धा’ को ट्रेलर सार्वजनिक गरिएको छ। आफ्नो सन्तानको सुख र खुसीका लागि बुवा जस्तो सुकै त्याग, संघर्ष र बलिदानी दिन तयार हुन्छ भन्ने बिषय ट्रेलरले देखाएको छ । आफ्ना सन्तानका लागि बलिदान दिन तयार हुने बाबुआमा तर त्यसको गुन भुल्ने समाज निर्माण हुँदै गएको समेत ट्रेलरले बुझाउन खोजेको छ । ‘बाः एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउदैछ । फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्। फिल्मको निर्देशक हरि लम्साल हुन्। नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् । फिल्...
‘अन्तर्राष्ट्रिय फिचर चलचित्र’ विधामा प्रतिस्पर्धा गर्न नेपाली चलचित्रलाई आवेदन दिन आह्वान

‘अन्तर्राष्ट्रिय फिचर चलचित्र’ विधामा प्रतिस्पर्धा गर्न नेपाली चलचित्रलाई आवेदन दिन आह्वान

नेपाल । ओस्कार अवार्डमा ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र’ विधामा प्रतिस्पर्धा गर्न नेपाली चलचित्रलाई आवेदन दिन आह्वान गरिएको छ । नेपाल इन्टरनेसनल फिचर चलचित्र छनोट समिति–२०२६ ले ९९ औँ एकेडेमी अवार्ड (ओस्कार) का लागि मापदण्ड पूरा गरेका नेपाली चलचित्रलाई भदौ २२ गतेभित्र आवेदन दिन आह्वान गरेको हो । ओस्कारको प्रतिस्पर्धाका लागि चलचित्रले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण पाएको हुनुपर्ने छ । यसै गरी २०८२ असोज १५ देखि २०८३ असोज १४ गतेसम्म नेपालका व्यावसायिक सिनेमाघरमा प्रदर्शन भएको र लगातार कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने नियम रहेको छ । टेलिभिजन, भिओडी, डिभिडी, इन्टरनेट स्ट्रिमिङ वा एयरलाइन इन्टरटेनमेन्टमार्फत पहिलो पटक रिलिज भएका चलचित्र छनोटका लागि योग्य हुने छैनन् । चलचित्रका निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्ने छ । यसैगरी चलचि...
ककाकिकीको ‘धन चोरे पुलिसको थुनामा मन चोरे दिलको कुनामा…’ बोलको गीत सार्वजनिक

ककाकिकीको ‘धन चोरे पुलिसको थुनामा मन चोरे दिलको कुनामा…’ बोलको गीत सार्वजनिक

नेपाल । चलचित्र ककाकिकीको ‘धन चोरे पुलिसको थुनामा मन चोरे दिलको कुनामा...’ बोलको शीर्ष गीत बुधबार सार्वजनिक गरिएको छ । भदौ १९ गतेदेखि नेपालभर प्रदर्शनमा आउने चलचित्रको गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ । सापकोटाकै सङ्गीत रहेको गीतमा सन्तोष सापकोटाको शब्द रहेको छ । यस गीतले गाउँघरको उत्सव, रमाइलो र सामूहिक खुसियालीको माहोललाई प्रस्तुत गरेको छ । चलचित्रका निर्देशक बिक्की अग्रवालका अनुसार गीतले ग्रामीण परिवेश र उत्सवमय वातावरणलाई प्रतिनिधित्व गरेको छ । ‘ककाकिकी’ मा दिया मास्के, शिशिर बाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सिर्जना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायतका कलाकारको अभिनय रहेको छ । सुदीप बरालको छायाङ्कन रहेको चलचित्रको चलचित्रको निर्म...
चलचित्र ‘ए मेरो हजुर-५’ को शुभमुहूर्त

चलचित्र ‘ए मेरो हजुर-५’ को शुभमुहूर्त

नेपाल । चलचित्र ‘ए मेरो हजुर–५’ को शुभमुहूर्त गरिएको छ । झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्रको ललितपुरस्थित पाटनको बगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै छायाङ्कन सुरु गरेको हो । बगलामुखीमा मुहूर्त सर्ट खिचेसँगै निर्माण टिम छायाङ्कनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको निर्देशक थापाले बताउनुभयो । चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेतृ सुहाना थापाको मुख्य भूमिका रहने छ । चलचित्रका निर्माता सुनीलकुमार थापा हुनुहुन्छ । कथा, पटकथा तथा संवाद निर्देशक थापा र सरिन पोखरेलले तयार पार्नुभएको हो । अनमोल र सुहानासँगै चलचित्रमा दिलीप रायमाझी, सलोन बस्नेत, नीरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहने छ । चलचित्र नेपाली नयाँ वर्ष–२०८४ को अवसरमा प्रदर्शनमा आउने छ ।...
‘मोडल हन्ट नेपाल २०२६’ को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठलाई

‘मोडल हन्ट नेपाल २०२६’ को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठलाई

नेपाल । ‘मोडल हन्ट नेपाल २०२६’ को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जित्नुभएको छ । भण्डारी पुरुष र श्रेष्ठ महिलातर्फका विजेता घोषित हुनुभएको हो । दुवै विजेताले पाँच लाख रुपियाँ बराबरको पुरस्कारबाहेक आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । विजेता भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगरसहित तीन र श्रेष्ठले कमर्सियल मोडेलको उपाधिसमेत हात पार्नुभएको थियो । सो कार्यक्रममा पुरुषतर्फ प्रथम रनरअप अनुस्कृत न्यौपाने, सेकेन्ड रनरअप सुशान्त प्रजापति चुनिनुभयो । महिलातर्फ फस्ट रनरअप प्रियङ्का ओली र सेकेन्ड रनरअप खुसी बोहरा घोषित हुनुभयो । २६ महिला र १६ पुरुष गरी ४२ प्रतियोगी रहेको फाइनलमा मस्ट पपुलर मनिष ओली र काया थापा, मस्ट स्टाइलिस सुशील थापा मगर र काया थापा, बेस्ट पर्सनालिटी अनुष सक्सेना र...
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को ट्रेलर सार्वजनिक

प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को ट्रेलर सार्वजनिक

नेपाल । आयंका फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘मास्टर्नी’ आगामी भदौ ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । निर्माण युनिटले बिहीबार चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागी आमाले के गर्न सक्छिन् भन्ने देखाउन खोजेको छ । फ्यामेली ड्रमा जनरामा निर्मित चलचित्रको ट्रेलरमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दिपकराज गिरी, दिपाश्री निरौला, सन्दिप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा लगायतका कलाकार देखिएका छन् । सुवेन्दु घोषको निर्देशन रहेको चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त निर्माण गरेका हुन् । सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार चलचित्रको कार्यकारी निर्माता हुन् । भारतीय प्राविधिक टिमले काम गरेको चलचित्रको पोस्ट प्रोडक्सनको काम न...
पोर्चुगलमा नेपाली रक ब्यान्ड १९७४ एडीको साङ्गीतिक प्रस्तुति

पोर्चुगलमा नेपाली रक ब्यान्ड १९७४ एडीको साङ्गीतिक प्रस्तुति

अमेरिका । नेपाली रक ब्यान्ड १९७४ एडीले पहिलोपटक पोर्चुगलमा साङ्गीतिक प्रस्तुति दिएको छ । 'रक यात्रा' युरोप टुरको उद्घाटन कन्सर्टका रूपमा लिस्बनमा आयोजित कार्यक्रममा करिब १५ सयभन्दा बढी दर्शक सहभागी भएका थिए। 'पोर्चुगलमा १९७४ एडीको यो पहिलो प्रस्तुति हो। पहिलो शोमै एक हजार पाँच सय दर्शकको साथ पाउँदा निकै उत्साहित छौं,' ब्यान्डका म्यानेजर अनुज कार्कीले भन्नुभयाे । उहाँका अनुसार रक यात्राको उद्देश्य संसारभर छरिएका नेपालीलाई नेपाली सङ्गीतमार्फत् जोड्नु हो । पोर्चुगलबाट सुरू भएको यो यात्रा युरोपका विभिन्न देशसम्म पुग्ने उहाँले बताउनुभयाे । पोर्चुगलपछि ब्यान्डले अगस्ट ८ मा डेनमार्क, अगस्ट ९ मा फ्रान्स, अगस्ट १५ मा पोल्यान्ड, अगस्ट २० मा माल्टा र अगस्ट २३ मा बेल्जियममा प्रस्तुति दिने तालिका छ। यस्तै, 'आइ पपर्स' को सहकार्यमा १९७४ एडीले युरोपका विभिन्न ठाउँमा सांगीतिक प्रस्तुति दिने बताइएकाे छ । ...
चलचित्र ‘लज्जावती’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘लज्जावती’ को ट्रेलर सार्वजनिक

नेपाल । चलचित्र ‘लज्जावती’ को ट्रेलर सार्वजनिक भएको छ । साउन १५ गते निर्माण टिमले काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रेममा हुने माया, धोका, बिछोडपछि जीवनमा आइपर्ने सङ्घर्ष र उतारचढाव प्रस्तुत गरिएको छ । चलचित्रमा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखाइएको छ । श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेमिल जोडीका रूपमा प्रस्तुत हुनुभएको छ । पारिवारिक सम्बन्ध र मित्रता समयसँगै विभिन्न कठिनाइ, अभाव र सामाजिक दबाबका कारण जटिल मोडमा पुगेको ट्रेलरमा देखाइएको छ । साउन २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्रलाई राजबहादुर सानेले निर्देशन गर्नुभएको छ । निर्देशक सानेका अनुसार चलचित्रले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव र सङ्घर्षलाई प्रस्तुत गरेको छ । चलचित्रका अन्य कलाकारमा केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौड...