१५ भाद्र २०८३, सोमबार

चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर सार्वजनिक

कोलोराडोखबर संवाददाता , August 31st, 2026

नेपाल । चलचित्र ‘पेन्सन पट्टा’ ट्रेलर एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रले भूपू लाहुरेले पेन्सनसँग सम्बन्धित विषयमा भोग्नु परेका वास्तविक समस्या र त्यसबाट सृजित सामाजिक तथा पारिवारिक अवस्थालाई कथाको केन्द्रमा राखिएको छ ।

सार्वजनिक ट्रेलरमा भूपू लाहुरेको पेन्सनसम्बन्धी समस्या, सङ्घर्ष र भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ । कार्यक्रममा चलचित्रका निर्देशक तथा कलाकारले छायाङ्कनका क्रममा भएका अनुभव र चलचित्र निर्माणका व्रmममा भोगेका विभिन्न रोचक प्रसङ्ग साझा गर्नुभयो ।

माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, दिवङ्गत सुनील थापा र लुनिभा तुलाधरसहितका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्