२८ आश्विन २०८३, बुधबार

‘गौँथली’ का निर्देशक रिजाल फ्रान्सको रेड मुभी अवार्डअन्तर्गत उत्कृष्ट निर्देशक विधामा विजेता घोषित

कोलोराडोखबर संवाददाता , October 14th, 2026

नेपाल । नेपाली चलचित्र ‘गौँथली’ ले निर्देशक डा. कपिल रिजाल फ्रान्सको रेड मुभी अवार्ड, २०२६ अन्तर्गत उत्कृष्ट निर्देशक विधामा विजेता घोषित हुनुभएको छ ।

रेड मुभी अवार्डको आधिकारिक वेबसाइटमा प्रकाशित अन्तिम विजेता सूची अनुसार ‘गौँथली’ का लागि डा। रिजालले उक्त अवार्ड जित्नुभएको हो ।

यस सफलताले निर्देशक रिजालको सिर्जनात्मक यात्रा र नेपाली चलचित्रको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

निर्देशक रिजालले ‘गौँथली’ लाई माया, विश्वास र साथ दिएर यो स्थानसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण दर्शक, शुभचिन्तक, आफन्त तथा चलचित्र प्रेमीप्रति आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्