४ असार २०८३, बिहीबार

अर्थतन्त्र

पूर्वसांसद तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश

पूर्वसांसद तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश

नेपाल । सिभिल सहकारीका सञ्चालक पूर्व सांसद इच्छाराज तामाङलाई विशेष अदालतले तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश दिएको छ । सम्पत्ति शुद्धिकरण अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले यस्तो सजाय तोकेको हो । तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७३ करोड बढी जरिवाना तोकिएको हो । त्यसैगरी अदालतले तामाङ पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब तीन करोड बिगो तोकेको छ। इच्छाराजका मामा ससुरा केशवलाल श्रेष्ठलाई डेढ वर्ष कैद र २५ करोड बिगो त्यत्ति नै बराबरको जरिवाना तोकेको छ । ...
निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बजगाईं निर्वाचित

निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बजगाईं निर्वाचित

नेपाल (हेटौंडा) । निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण बजगाईं सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार हेटौंडामा सम्पन्न संघको १३औं वार्षिक साधारणसभा तथा सातौं जिल्ला अधिवेशनले बजगाईंलाई अध्यक्षमा पुनः दोहोराएको हो । संघको उपाध्यक्षमा सुदीप तिमल्सिना सन्जिव, महासचिवमा रोशन सापकोटा, सचिवमा सुबास दाहाल, कोषाध्यक्षमा उद्धव देवकोटा र सहकोषाध्यक्षमा राहुल जालान चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरु प्रदीप तिवारी, जीवन ढकाल, सुरेश अर्याल र अमित श्रेष्ठ रहेका छन् । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, एसोसिएट तर्फको उपाध्यक्ष उज्ज्वल चौलागाईं, बस्तुगत तर्फको उपाध्यक्ष राजु अधिकारी, निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्षद्वय मनोज जालान र रवि नेपाललगायत विभिन्न...
महासंघका अध्यक्ष ढकालसँग नेपालमा गैरआवासीय नेपालीहरुको लगानी र सम्भवना बारेमा छलफल

महासंघका अध्यक्ष ढकालसँग नेपालमा गैरआवासीय नेपालीहरुको लगानी र सम्भवना बारेमा छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालबीच गत विहिवार भेटवार्ता भएको छ । काठमाण्डौंस्थित महासंघको केन्द्रीय कार्यालयमा भएको भेटमा नेपालमा गैरआवासीय नेपालीहरुको लगानी र सम्भवनाको बारेमा छलफल भएको हो । भेटमा अध्यक्ष डा. केसीले नेपालमा लगानी भित्राउन तथा रोजगारी सृजनाको लागि संघले प्रयास गरिरहेको जानकारी दिनुभयो । भेटमा गैरआवासीय नेपालीहरुको लगानीमा संचालन भैरहेका परियोजनाको बारेमा समेत छलफल भएको थियो । अध्यक्ष ढकालले महासंघले विदेशमा बस्ने नेपालीहरुसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । ढकालले नेपाल लगानीको लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको भन्दै लगानीको लागि आग्रह गर्नु भयो । भेटमा गैरआवासीय नेपाली संघकी सचिव टिका गुरुङ र नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष जोस्ना श्रेष्ठको उपस्थिति थियो । ग...
रुसमा हुने मानवतस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

रुसमा हुने मानवतस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रमपनि बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा विहिवार मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जाने क्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो । संघले बिगतदेखी रसियामा काम गर्दै आएका नेपालीहरुको हकमा श्रम नविकरण र अध्यागमनमा भएको अवरोध हटाई उहांहरुलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको हो । संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सुचना मस्कोस्थित नेपाली दुतावासलाइ दिइ मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी दिएको छ । नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कम...
विनोद चौधरीका भाई अरुण पक्राउ परेपछि व्यवसायीहरु आतंकित

विनोद चौधरीका भाई अरुण पक्राउ परेपछि व्यवसायीहरु आतंकित

नेपाल । उद्योगपति तथा सांसद विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ परेपछि अन्य व्यवसायीहरु पनि शसंकित भएका छन् । एफएनसीसीआई र सीएनआईले पत्रकार सम्मेलन गरी व्यापारीहरुलाई अनुसन्धानको नाममा पक्राउ गरी आतंकित पार्न खोजिएको भन्दै विरोध जनाएका छन् । बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा बिहीबार पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले व्यवसायी चौधरीलाई आज काठमाडौँको लैनचौर र थापालाई काठमाडौँको बत्तिसपुतलीबाट पक्राउ गरेको थियो । पक्राउ परेका चौधरी र थापालाई...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल । बुधबार रातिदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इृण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यमा वृद्धि भएपछि नेपाल आयल निगमले वृद्धि गरेको उल्लेख गरेको छ । अबको नयाँ मूल्य पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रो वर्गमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ भएको छ । त्यस्तै, डिजेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ पुगेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै, एलपीजी ग्यास पनि १८९५ बाट बढेर १९१० रुपैयाँ पुगेको छ । ...
एनआरएनए र सुदूरपश्चिम प्रदेश सरकारबीच लगानीका संभावनाबारे छलफल

एनआरएनए र सुदूरपश्चिम प्रदेश सरकारबीच लगानीका संभावनाबारे छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी संभावनाका बारेमा छलफल भएको छ । एनआरएनएको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा. बद्री केसीबीच प्रदेशमा गैरआवासीय नेपालीहरुको लगानीका सम्बन्धमा भेटवार्ता भएको हो । मन्त्री शाहीले सुदुरपश्चिम प्रदेश लगानीको लागि उत्कृष्ठ गन्तव्य भएको बताउदै प्रवासमा बस्ने नेपालीहरुलाई लगानीको लागि आग्रह गर्नुभयो । उहाँले यसअघि गैरआवासीय नेपाली संघले सुदरपश्चिममा गरेको परोपकारी कामप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघले आगामी दिनमा प्रदेश सरकारसंग मिलेर काम गर्ने नीति लिएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कोशी प्रदेशको चियालाई प्रवर्दन गर्नको लागि सं...
शुरु भयो पाँचौ मनहरी महोत्सव, १२ दिन सञ्चालन हुने

शुरु भयो पाँचौ मनहरी महोत्सव, १२ दिन सञ्चालन हुने

नेपाल (मनहरी/मकवानपुर) । मकवानपुरको मनहरी खोला किनारमा व्यवस्थापन गरिएको पाँचौ मनहरी महोत्सवको उद्घाटन भब्य समारोहका बीच भएको छ । माघ १६ गतेदेखि २८ गतेसम्म १२ दिन सञ्चालन हुने महोत्सवको बागमती प्रदेशका सांसद एबम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले भब्य समारोहका बीच उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले पश्चिम मकवानपुरको कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाको विकासका लागि यहाँ स्थानीय सरकारले गरिरहेको प्रयत्नको सन्दर्भ जोड्दै उद्योगी व्यवसायीहरु निराश भइरहेका बेला सरकारले ढाडस दिनुपर्ने बताउनुभयो । उहाँले मनहरीमा आयोजना भएको महोत्सवले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । ‘यहाँको पर्यटन विकासका लागि रमौली प्रतापपुर क्षेत्रलाई मिनी सौराहको रुपमा विकास गर्ने कुरा, मनहरी बजार जोगाउनका लागि तटबन्धन निर्माण गर्ने बिषयहरु मेरो ...
नेपाली रियल स्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशन अमेरिकाको अध्यक्षमा थापा चयन

नेपाली रियल स्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशन अमेरिकाको अध्यक्षमा थापा चयन

अमेरिका । नेपाली रियल स्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशनको अध्यक्षमा पुनः सञ्जय थापा चयन हुनुभएको छ । गत शनिवार सम्पन्न कर्पोरेशनको साधारण सभावाट थापा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । त्यस्तै महासचिवमा कृष्णप्रसाद लामिछाने चयन भएका छन् । अनुभवी व्यवसायीहरुलाई समेटेर २५ सदस्यीय कार्यकारिणी समिति चयन गरिएको छ । नेपाली रियल इस्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशन अमेरिकामा विगत ४ वर्षदेखि घर जग्गाको कारोवार गरिरहेको प्रतिष्ठित संस्था हो । कुल १२८ जना शेयर सदस्यहरुवाट स्थापना भएको संस्था हो । नेपाली रियल इस्टेट डेभलपमेन्ट फण्ड कर्पोरेशनले विगतदेखि पुराना घर खरिद गर्ने, त्यसको मर्मत गरी विक्री गर्ने र केही घरहरु खरिद गरी भाडामा पनि लगाइरहेको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए । ...
नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा चम्लागाई निर्वाचित

नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा चम्लागाई निर्वाचित

कतार । नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा पुनः महेन्द्र चम्लागाई चयन भएका छन् । संघको दोस्रो साधारणसभाले चारवर्षको लागि पुनः चम्लागाईको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा राजेन्द्रकुमार शर्मा (आरके),राजु रेग्मी (राज), प्रकाश कोइराला, रमेश भट्ट चयन भएका छन् । महासचिवमा शंकर न्यौपाने, सचिव सुनिलकुमार घिमिरे र राजेन्द्र देवकोटा, पूर्णबहादुर पोखरिया र कोषाध्यक्षमा चुडामणी कार्की, सहकोषाध्यक्षमा रामकुमार श्रेष्ठ चयन भए । कार्यसमिति सदस्यमा रामु रेक्ष्मी, क्रान्ति सिंह, रामचन्द्र पन्थ, कमलप्रसाद न्यौपान, टंकबहादुर खड्का, श्रीकृष्ण भट्टराई, राकेश श्रेष्ठ, मन्जु खनाल, नारायणप्रसाद शर्मा र वासिम अक्रम चयन भए । नेपाल व्यवसायी संघ कतार कतारको सरकारी निकायमा दर्ता भएको नेपाली व्यवसायीहरुको संस्था हो ।...