४ असार २०८३, बिहीबार

अर्थतन्त्र

नेपाल पर्यटन बोर्ड ‘सेतो हात्ती’ जस्तै भएको आरोप

नेपाल पर्यटन बोर्ड ‘सेतो हात्ती’ जस्तै भएको आरोप

नेपाल। सत्तासिन नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी संगठनको कार्यक्रममा मन्त्री सुदन किरातीको व्यापक आलोचना भएको छ । शनिबार राजधानीमा भएको सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा सोहि पार्टीबाटै प्रतिनिधित्व गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराती कार्य सम्पादन भन्दा पनि स्टन्टबाजी ज्यादा भएको आरोपसमेत वक्ताहरुले लगाएका छन् । सो पार्टीकी उपाध्यक्ष पम्फा भूषालले पानसमा बत्ति बालेर उद्घाटन गरेकी छन् । भूषालले अधिवेशनलाई सम्बोधन गर्दै देशको विकासका लागि पर्यटन एक महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रबद्र्धनका लागि राज्यले विशेष ध्यान दिनु पर्नेमा जोड दिईन् । सो कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी भूषालले कोरोना कालमा सबैभन्दा बढी मारमा परेको पर्यटन अझै पनि उठ्न नसकेकोले आफ्नै पार्टीका नेताको नेतृत्वमा मन्त्रालयले पार्टी र सरोकारवालाको सूझाव अनुसार कार्य...
हेटौंडामा ठेकी बनाउने तालिम सुरु

हेटौंडामा ठेकी बनाउने तालिम सुरु

नेपाल (हेटौंडा) । दारको ठेकीको लागि प्रसिद्ध मकवानपुरमा लोप हुँदै गएको ठेकी बनाउने तालिम सुरु भएको छ । सामुदायिक विकास तथा सचेतना नेपालको आयोजना तथा एफएओ र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौँडा–५ पिप्लेमा तालिम सुरु भएको हो । पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा सुरु भएको तालिममा महिला २० र पुरुष ५ गरि २५ जनाले तालिम लिईरहेका छन् । २० दिनसम्म चल्ने तालिमबाट लोप हुने अवस्थामा पुगेको दारको ठेकीलाई पुनः मकवानपुरमा स्थापित गर्ने उद्देश्य रहेको छ । ...
७ करोड ५७ लाखको लागतमा हाँडिखोलामा कोल्ड स्टोर निर्माणको सम्झौता

७ करोड ५७ लाखको लागतमा हाँडिखोलामा कोल्ड स्टोर निर्माणको सम्झौता

नेपाल (हेटौंडा) । मनहरी गाउँपालिका वडा नं ३ हाँडिखोलामा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता भएको छ । बुधबार गाउँपालिका र कोल्ड स्टोर निर्माणको ठेक्का पाएको हिमालयन नमोवुद्ध जेवि बीच सम्झौता भएको हो । गत जेठ २ गते गाउँपालिकाले कोल्ड स्टोर निर्माणका लागि वोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाको प्राविधिक मुल्याङ्कन अनुरुप कुल ७ करोँड ५७ लाख ९६ हजार लागत अनुमान गरीएको बताइएको छ । उक्त ठेक्का प्रकृयामा सबैभन्दा कम ६ करोँड २८ लाख ४५ हजारमा ठेक्का साकार गरेको हिमालयन नमोवुद्धसँग कानुनी अड्चनका कारण गाउँपालिकाले सम्झौता गर्न सकेको थिएन । वोलपत्रमा दोस्रो नम्बरमा परेको कम्पनी हिमाल एमएम जेविले ठेक्का साकार गर्ने कम्पनीलाई मुद्धा दायर गरेपछि उच्च अदालत पाटन इजलासले गाउँपालिकालाई प्रकृया अघि नबढाउन पत्र पठाएको थियो । त्यसयता कुनै पनि काम गर्न असमर्थ भएको गाउँपालिकालाई गत माघ ५ गते अदालतले कार्य अघि ...
एआई क्षेत्रमा काम गर्ने डा. मास्केको कम्पनी अमेरिकाको स्टक एक्सचेन्जमा सूचीकृत

एआई क्षेत्रमा काम गर्ने डा. मास्केको कम्पनी अमेरिकाको स्टक एक्सचेन्जमा सूचीकृत

अमेरिका । कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टलिजेन्स (एआई) क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमीले सञ्चालन गरिरहेको कम्पनी फ्युज मेसिन अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने भएको छ । सन् २०१३ मा नेपाली व्यवसायी डा. समीर मास्केले सुरु गरेको यो कम्पनी विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी हुने भएको छ । अमेरिकामा मुख्यालय रहेको फ्युज मेसिनले नेपाल, डोमिनिक रिपब्लिकलगायतका देशमा कार्यालय स्थापना गरी कार्य गरिरहेको छ । नास्डाकमा सूचीकृत हुने लक्ष्यसहित फ्यूज मेसिन र सीएसएलएम एक्विजिसन कम्पनीबीच मर्जर सम्झौता भएको छ । सीएसएलएम नास्डाकमा सूचीकृत भई कारोबार गरिरहेको कम्पनी हो । सम्झौतापछि फ्युज मेसिनले चालु पुँजी प्रयोजनका लागि सीएसएलएमबाट झण्डै २० करोड अमेरिकी डलर लगानी प्राप्त गर्ने छ । फ्यूज मेसिनका संस्थापक एवं प्रमुख कार्यकारी...
नेकपा एमालेले सरकारलाई बुझायो ७५१ वटा मागसहितको ध्यानाकर्षण पत्र

नेकपा एमालेले सरकारलाई बुझायो ७५१ वटा मागसहितको ध्यानाकर्षण पत्र

नेपाल । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । सरकारी निवास, बालुवाटारमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष सुदूरपश्चिमको झुलाघाटदेखि सुदूर पूर्वको चिवाभञ्ज्याङसम्म सम्पन्न ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताबाट प्राप्त माग, ज्ञापन र सुझावहरु एवं पार्टीले अभियानका क्रममा देखेका पहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीहरु समेटेर ध्यानाकर्षण–पत्र हस्तान्तरण गरेको हो । अभियानका क्रममा कुल ७५१ वटा मागहरु प्राप्त भएका छन्, जुन विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित छन् । तिनलाई सोही अनुरुप वर्गीकरण गरी प्रधानमन्त्रीलाई बुझाइएको छ । प्रदेशगत रुपमा गण्डकीबाट ५९ निवेदनहरुबाट १६१ वटा विषयहरु, कोशीबाट ४८ निवेदनहरुमार्फत् १७० वटा विषयहरु, सुदूरपश्चिमबाट २४ निवेदनहरुमार...
न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ् गर्न निषेध

न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ् गर्न निषेध

नेपाल । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा मंगलबादेखि पार्किङ् गर्न निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाले सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई मंगलबारबाट कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी गराइँदै छ । यस क्रममा म.गलबार विहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ्ग गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको छ । नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो । यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी ...
१ करोड ८० लाख प्रकरणमा रन्थनियका रविः ‘मैले ल्याप्चे ठोकेको हो, तर रकम लेनदेन भएको छैन’

१ करोड ८० लाख प्रकरणमा रन्थनियका रविः ‘मैले ल्याप्चे ठोकेको हो, तर रकम लेनदेन भएको छैन’

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको खातामा ग्यालेक्सी टिभीबाट १ करोड ८० लाख जम्मा भएको सार्वजनिक भएपछि सोमबार पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनले आफ्नो खातामा रकम जम्मा नै नभएको जिकीर गरे । पत्रकार सम्मेलनपछि लामिछानेले सामाजिक सञ्जालमा जनाएको प्रतिक्रिया जस्ताको तस्तैः आजको प्रेस मिटमा मैले सबै कुरा स्पष्ट राखेँ भन्ने लागेको छ। पत्रिकामा लेखिने ठूला हेडलाइन र केही डकुमेन्टका आधारमा वास्तविकता पुरै नबुझी विचार बनाउने हाम्रो प्रवृत्तिबारे म जानकार छु। तर तथ्यमा पनि विचार गरिदिन अनुरोध छ। डिपोजिट स्लिपकै आधारमा मेरो खातामा रकम जम्मा भयो भनेर ठोकुवा गरियो, जबकि बैँकले नै खातामा रकम जम्मा भएको छैन भनिसक्यो। बैँकमा भएका हरेक कारोबार नियामक निकायको नियमनमा हुन्छ। यो क्षेत्रमा पारदर्शीता हुन्छ। कसैले लुकाएर वा लुकाउन चाहेर लुक्ने, छिप्‍ने कुरै होइन यो। अब फेरि...
धरानमा हर्क साम्पाङको धमाकाः सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध

धरानमा हर्क साम्पाङको धमाकाः सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध

नेपाल । धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो । उपमहानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा १५ दिनभित्र सार्वजनिकस्थलबाट सुर्तिजन्य वस्तु पूर्णरुपमा नहटाए जफत गरेर कानुन बमोजिम जरिवाना गरिने उल्लेख छ । बजारमा जथाभावी सुर्तिजन्य पदार्थ किनबेच हुँदा एकातिर मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको र अर्कातिर गुट्खा, खैनी आदिका बट्टा जथाभावी फालिँदा फोहर बढेकाले प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले बताउ ।...
गैरकानूनी सम्पत्ति आर्जनमा संविधानसभा सदस्य इच्छाराज तामाङ दोषी ठहर

गैरकानूनी सम्पत्ति आर्जनमा संविधानसभा सदस्य इच्छाराज तामाङ दोषी ठहर

नेपाल । संविधानसभा सदस्य तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार फैसला गर्दै तामाङ दम्पत्ती र अन्य एक जनाको हकमा कसुर ठहर गरेको हो । सिभिल सहकारी ठगी प्रकरणपछि सम्पत्ती शुद्धिकरण विभागले उनको सम्पत्ती छानबिन गरेको थियो । उनी ठगी मुद्दामा हाल जेलमा छन् ।...
‘गेम चेन्जर’का रूपमा देखा परेको ‘विज्ञान, प्रविधि र नवप्रवर्द्धन’

‘गेम चेन्जर’का रूपमा देखा परेको ‘विज्ञान, प्रविधि र नवप्रवर्द्धन’

‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलन कम्पाला, युगान्डा, १९–२० जनवरी २०२४ मा सम्पन्न भयो । उक्त सम्मेलनमा सहभागी भई प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त सम्मलनमा दिनुभएको मन्तव्यः ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ भन्ने महत्त्वपूर्ण नाराका साथ अफ्रिाकाको मोती, सुन्दर देश युगान्डामा आयोजना हुन लागेका असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न पाउँदा सम्मानित महसुस गरेको छु । साझा समृद्धिका लागि शान्ति अतिआवश्यक भएको समयमा यो सम्मेलन सफलताका लागि मैले गौतम बुद्धको जनस्थलबाट शान्तिको सन्देश लिएर आएको छु । असम्लग्नहरूको ऐतिहासिक आन्दोलनको नेतृत्व गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाउनुभएकोमा अध्यक्ष महोदयलाई सर्वप्रथम म हार्दिक बधाई ज...