५ असार २०८३, शुक्रबार

अर्थतन्त्र

नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले बिहीवार रातिदेखि लागू हुनेगरि इन्धनको मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ‚ डिजेलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने (एलपी०)ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन ।  ...
१५ खर्ब ३० अर्ब मात्रै बजेट खर्च हुने संशोधित अनुमान

१५ खर्ब ३० अर्ब मात्रै बजेट खर्च हुने संशोधित अनुमान

नेपाल । सोमबार चालु आर्थिक वर्ष २०८०–८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस बर्षको बजेटको लक्ष्य घटाएका छन् । चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने जानकारी दिएका हुन् । जीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने र चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको उनले बताए ।...
प्रवासी नेपाली मञ्चद्वारा एक करोडको ‘प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष’ स्थापना गर्ने निर्णय

प्रवासी नेपाली मञ्चद्वारा एक करोडको ‘प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष’ स्थापना गर्ने निर्णय

मलेसिया । प्रवासी नेपाली मञ्चको अन्तराष्ट्रिय कमिटीले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरूमा कार्यरत श्रमिक नेपालीलाई आकस्मिक रूपमा आइपर्ने समस्या सम्बोधन गर्न एक करोड नेपाली रुपैँयाको ‘प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष’ खडा गर्ने निर्णय गरेको छ । मञ्चको पन्ध्रौँ बैठकले उक्त कोष सञ्चालनको लागि एक महिनाभित्र आवश्यक कार्यविधि निर्माण गर्न लागि कमलमणि गुरागाईँ (कतार) को संयोजकत्वमा भक्त गुरुङ (हङकङ), बलराम गिरी (साउदी अरेबिया), शालिग्राम पन्त (बहराइन), मोहन रायमाझी (जापान) र दयाराम कुमाल (मलेसिया) सदस्य रहेको समिति गठन गरेको छ । मञ्चका अध्यक्ष सञ्जय थापाको अध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा फेब्रुअरी १० र ११ गते मलेसियाको राजधानी कोललमपुरमा भएको १५ औँ बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरुः प्रेस विज्ञप्ति प्रवासी नेपाली मञ्चको...
बाँसबारीको जग्गा फिर्ता ल्याउन पहल, टीकापुरमा सार्वजनिक जग्गा हिनामिना गर्ने विरुद्ध मुद्दा

बाँसबारीको जग्गा फिर्ता ल्याउन पहल, टीकापुरमा सार्वजनिक जग्गा हिनामिना गर्ने विरुद्ध मुद्दा

नेपाल । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ । फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष संजय ठाकुरलाई २१ दिनभित्र आफैं वा वारेसमार्फत उपस्थित हुन मालपोत कार्यालयले पत्र काटेको हो । चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी हो । यसका अध्यक्ष अरुण चौधरी, चाँदबागका ठाकुर र बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा जग्गा हिनामिना प्रकरण मै पक्राउ परेका थिए । यता नक्कली कागजात खडा गरी कैलालीको टीकापुरमा झन्डै ७ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारी एवं कर्मचारीहित २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । समितिका तत्कालीन तीन अध्यक्ष, कर्मचारी र बाँकी २ सय २८ जनालाई प्रतिवाद...
रिहा भए व्यापारी अरुण चौधरी, अनुसन्धान कायमै

रिहा भए व्यापारी अरुण चौधरी, अनुसन्धान कायमै

नेपाल । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा परेका व्यापारी अरुण चौधरीसहित ३ जनालाई किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई बुधबार छोडिएको हो । अदालतले सोमबार बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौंले अनुमति दिएको थियो । तर दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको थियो । सोही आदेश अनुसार सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुर रिहा गरिउको हो । उनीलालाई गत साताको बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो । ...
गिरीबन्धु टी स्टेटलाई जग्गा सट्टापट्टा गर्न दिनेगरी सरकारले गरेको निर्णय बदर

गिरीबन्धु टी स्टेटलाई जग्गा सट्टापट्टा गर्न दिनेगरी सरकारले गरेको निर्णय बदर

नेपाल । गिरीबन्धु टी स्टेटलाई जग्गा सट्टापट्टा गर्न दिनेगरी सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले सरकारको निर्णय भूमिसम्बन्धी कानूनका प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व रहेको भन्दै उत्प्रेषणको आदेशले बदर गरेको हो । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७८ साल वैशाख १३ गते गिरीबन्धु टी स्टेटलाई ३४३ बिघा जग्गा प्रदेश– १ भित्र सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो । उक्त निर्णय खारेजीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, ओमप्रकाश मिश्र र भक्तराज भारतीसमेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सामान्यतया हदबन्दीभन्दा बढी भएको जग्गा जफत नै गर्नुपर्ने अदालतको तर्क छ । ...
नेपालीले विदेशबाट ६ महिनामा ७ खर्ब ३३ अर्ब पठाए रेमिट्यान्स

नेपालीले विदेशबाट ६ महिनामा ७ खर्ब ३३ अर्ब पठाए रेमिट्यान्स

नेपाल । नेपालीले विदेशबाट चालु आवको छ महिनामा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स पठाएका छन् । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार छ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको छ । उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २०७,९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १३५,४३५ रहेको छ । यसैगरी गत असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ । महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ ।...
बुद्ध जन्मस्थल लुम्बिनीको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न एनआरएनएले सहकार्य गर्ने

बुद्ध जन्मस्थल लुम्बिनीको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न एनआरएनएले सहकार्य गर्ने

अमेरिका । भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध परिपथको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र विकासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहकार्य गर्ने भएको छ । शान्तिका लागि बुद्धको मार्गदर्शन र शान्ति सन्देश विश्वभर फैलाउन बुद्धसँग सम्बन्धित लुम्बिनी सास्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, देवदह नगरपालिका, रामग्राम नगरपालिकासँग एनआरएन अध्यक्ष डा. बद्री केसीले समझदारी र सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । लुम्बिनी र बुद्ध परिपथको अन्तराष्ट्रीय स्तरमा प्रचारप्रसार र पर्यटन प्रवर्द्धन र विकासका लागी विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्ध सङ्ग सम्बन्धित लुम्बिनी सास्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिका, सहकार्य सस्थाहरु गैर आवसीय नेपाली सघ अन्तराष्ट्रीय समन्वय परिषद, लुम्बिनी होटल सघ लुम्बिनी बीच अन्तर्कृया एवम् समन्वय बैठक सोमब...
सरकारसँग बालेनको आक्रोश-‘शहरको व्यवस्थापनमा प्रभाव पार्ने कुराहरूसँग ख्याल ठट्टा नगरौँ’

सरकारसँग बालेनको आक्रोश-‘शहरको व्यवस्थापनमा प्रभाव पार्ने कुराहरूसँग ख्याल ठट्टा नगरौँ’

नेपाल (काठमाडौं) । काठमाडौं महानगरले न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरी निर्माणाधीन धरहराको पार्किङ स्पेशमा पार्किङ व्यवस्थापन गरेपछि विवाद चुलिएको छ । सरकारले त्यहाँ पार्किङ नगर्न महानगरलाई पत्र काटे पछि मेयर बालेन शाह आक्रोशित भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश यसरी पोखेका छन्ः २०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट  'सेतो टावर' उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे  ।' तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ’, धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’ उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत...
रवि लामिछानेबिरुद्ध कास्कीमा सहकारी पीडितको उजुरी

रवि लामिछानेबिरुद्ध कास्कीमा सहकारी पीडितको उजुरी

नेपाल । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति विरुद्ध जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको नामसमेत जोडिएको छ । उक्त जाहेरी प्रहरीले दर्ता गरिसकेको छैन, सरोकारवाला निकायसँग छलफल भइरहेको कास्की प्रहरीले जनाएको छ । बचतकर्ताका १ अर्ब भन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्व अध्यक्ष गितेन्द्र (जीबी) राईसहित डेढ दर्जन बढी व्यक्तिहरु फरार छन् । सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहित केहीलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।...