खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना आवश्यकः मुख्यमन्त्री यादव
नेपाल (जनकपुरधाम) । मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालिन र दीर्घकालीन योजना बनाएर अघि बढनु पर्ने बताउनु भएको छ ।
संघीय खानेपानी तथा ढल निकासी बिभागद्वारा सोमबार धनुषाको लालगढमा आयोजित मधेश प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी बितरण सम्बन्धि परामर्श गोष्ठीमा मुख्यमन्त्री यादवले सो कुरा बताउनु भएको हो ।
मधेशको दक्षिणी भुभागमा केही बर्ष यता पानीको सतह घटेपछी सुख्खा याममा खानेपानीको हाहाकार हुँदै आएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री यादवले दुबै खाले योजनालाई अगाडि बढाउन संघिय सरकारलाई आग्रह समेत गर्नु भयो ।
संघीय सरकारले सुनकोशी मरिन डाईभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरि मधेशका ६ वटा जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकोमा धन्यवाद दिदै मुख्यमन्त्री यादवले भन्नू भयो, ‘योजना सराहनीय छ । मधेश सरकार हातेमालो गर्न प्रतिबद्ध छ । यो योजन...








