७ असार २०८३, आईतवार

अर्थतन्त्र

चम्किदै नेपालको शेयर बजार

चम्किदै नेपालको शेयर बजार

नेपाल । केही समय यता नेपालको शेयर बजार निरन्तर उकालो लागिरहेको छ । बुधबार पनि नेप्से ६४.२६ अंकले उचालियो । नेप्से २७६०.९१ बिन्दुमा पुगेको छ । ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर २ लाख ३८ हजार २७२ पटक खरिदबिक्री हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ बराबरको कारोबार भएको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ८४ करोड ४९ लाख ९४ हजार ३१७ बराबरको कारोबार भएको छ ।...
नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल । नेपालमा बिहीबारबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैया र डिजेल–मट्टितेलमा १ रुपैयाँ मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ...
नेपालको शेयर बजार आइतबार एकैदिन ११३ अंकले उचालियो

नेपालको शेयर बजार आइतबार एकैदिन ११३ अंकले उचालियो

नेपाल । साउन १३ गते आइतबार नेपालको शेयर ११३ अंकले बढेको छ । आइतबार नेप्से ११३.४२ अङ्कले बढेर २६८१.५६ को विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँको कारोबार भयो । ३१५ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर एक लाख ६३ हजार ८१० पटक खरिदबिक्री भयो । नेपाल राष्ट्र बैंकले शेयर बजारप्रति थप लचकतासहित गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गरे पछि बजारमा उत्साह छाएको विश्लेषण गरिएको छ ।...
पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, नौ महिना कैद र ६९ लाख जरिवाना

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, नौ महिना कैद र ६९ लाख जरिवाना

नेपाल । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै नौ महिना कैद र रु ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै डेढ वर्ष कैद र रु दुई करोड १६ लाख १४ हजार तीन सय ७६ जरिवाना हुने फैसला सुनाइएको थियो । विशेष अदालतको उक्त फैसलाविरुद्ध जोशीले २०६९ साल फागुनमा सर्वोच्चमा पुनरावेदन दायर गरेका थिए । अदालतले भ्रष्टाचारकै मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तलाई भने सफाइ दिएको छ ।...
राष्ट्र बैंकले सार्वजनिक गर्यो लचिलो मौद्रिक नीति

राष्ट्र बैंकले सार्वजनिक गर्यो लचिलो मौद्रिक नीति

नेपाल । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आव २०८१–८२ का लागि लचिलो मौद्रिक नीति सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले विदेशी मुद्रा सटही, बैंकले राष्ट्र बैंकबाट लिने ऋणको ब्याजदर, चालु पुँजी कर्जा मार्गदर्शन, घरजग्गा, सेयर कारोबार र बैंक तथा वित्तीय संस्थाको सञ्चालन मुनाफा वृद्धिसम्बन्धी व्यवस्थामा खुकुलो नीति लिएको छ । राष्ट्र बैंकले केही क्षेत्रमा निष्क्रिय कर्जा वर्गीकरणको अवधि लम्ब्याइदिएको छ । विगतका मौद्रिक नीतिमा एक बुँदामा सम्बोधन हुने निर्माण व्यवसाय क्षेत्रलाई विशेष सम्बोधन गरेका छन् । लघु, घरेलु, साना एवं मझौला उद्यममा प्रवाह हुने कर्जाको व्यवस्था पुनरावलोकन गरी कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित उद्योगलाई पनि सस्तो कर्जा दिने घोषणा गरेका छन् ।...
राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष र सदस्यहरु नियुक्त

राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष र सदस्यहरु नियुक्त

नेपाल । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले अर्थशास्त्री अधिकारीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पाल्पा निवासी अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुनुहुन्छ । मन्त्रिपरिषद बैठकले डा. आरपी बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई आयोगको सदस्यमा नियुक्त गरेको छ ।...
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कति पुग्यो ?

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कति पुग्यो ?

नेपाल । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ २१ पैसा तोकेको छ । यसअघि आइतबार १३४ रुपैयाँ १७ पैसा उच्च मूल्य तय भएको थियो। त्यस्तै एक अमेरिकी डलरको खरिददर मूल्य १३३ रुपैयाँ ६१ पैसा छ । साउदी एक रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७८ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ६२ पैसा छ । कतारी एक रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८० पैसा तथा खरिददर ३६ रुपैयाँ ६४ पैसा तोकिएको छ । मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ६३ पैसा र खरिददर मूल्य २८ रुपैयाँ ६० पैसा छ । यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ५४ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ३८ पैसा छ । एक क्यानेडियन डलरको बिक्रीदर मूल्य ९७ रुपैयाँ ५६ पैसा छ भने अस्ट्रेलियन डलरको ८८ रुपैयाँ ९१ पैसा रहेको छ ।...
प्रतितोला ११ सय बढ्यो सुनको मूल्य

प्रतितोला ११ सय बढ्यो सुनको मूल्य

नेपाल । नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार १ हजार रुपैयाँले बढेको छ । मंगलबारस्थिर रहेको सुनको भाउ बुधबार १ हजार १०० रुपैयाँले बढेको हो । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भयो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो । ...
विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन जोडियो

विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन जोडियो

नेपाल । मंगलबार साँझदेखि विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन जोडिएको छ । प्राधिकरणको सञ्चालक समिति (बोर्ड) को निर्णय अनुसार रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलको लाइन जोडिएको हो । डेडिकेटेट र ट्रकं लाईनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी उद्योगहरुको विद्युत लाईन जोडने निर्णय भएको प्राधिकरणको जानकारी दिएको छ । ...
नेपालमा आयात १.१६ प्रतिशत र निर्यात ३ प्रतिशतले घट्यो

नेपालमा आयात १.१६ प्रतिशत र निर्यात ३ प्रतिशतले घट्यो

नेपाल । भन्सार विभागले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को तथ्याङ्क अनुसार वर्षभरीमा १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । सोही अवधिमा १ खर्ब ५२ अर्ब ३८ करोड रूपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ । अघिल्लो वर्षको तुलनामा आयात निर्यात घटेको हो । आर्थिक वर्ष ०७९–०८० मा १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । सोही अवधिमा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आयात १.१६ प्रतिशत र निर्यात ३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष विभिन्न मुलुकबाट सामान आयात गरेबापत ४ खर्ब २० अर्ब १६ करोड ८२ लाख रुपैयाँ राजस्व उठेको छ । सबैभन्दा बढी पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात गरिएको विभागको तथ्यांक छ । एक वर्षमा १ खर्ब ४३ अर्ब ९७ करोड रुपैयाँको पेट्रोल आयात गरिए...