नेपालमा सुनको मूल्य प्रतितोला एक लाख ४० हजार पाँच सय
            नेपाल । नेपाली बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ ।
बुधबारको तुलनामा बिहीबार सुनको मूूल्य तोलामा दुई हजार तीन सयले वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन बिहीबार एक लाख ४० हजार पाँच सयमा कारोबार भयो । यस्तै, तेजाबी सुन एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ ।
यसैगरी चाँदीको मूल्य तोलामा ७० रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदी एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।...        
       
    







