नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपालका २० वाणिज्य बैंकको खुद नाफा ४९ अर्ब २१ करोड रुपियाँ नाघेको छ ।
अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतको वृद्धि देखिँदा बैंकिङ क्षेत्र क्रमशः सुधारको दिशामा अघि बढेको सङ्केत देखिएको छ ।
चालु आवको चैत मसान्तसम्म आइपुग्दा वाणिज्य बैङ्कले ४९ अर्ब २१ करोड रुपियाँभन्दा बढी खुद नाफा आर्जन गरेका हुन्, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा करिब १९.३० प्रतिशतले बढी हो । सार्वजनिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १३ बैंकको नाफा बढेको छ भने सात वटा बैंकको नाफा घटेको देखिएको छ ।
नाफाका आधारमा नबिल बैंकले छ अर्ब ७६ करोड रुपियाँ कमाउँदै शीर्ष स्थान कायम राखेको छ । बैंकको नाफा गत वर्षको तुलनामा करिब ३३.९ प्रतिशतले वृद्धि भएको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्