१५ कार्तिक २०८३, आईतवार

अर्थतन्त्र

नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ । निगमले पेट्रोल प्रतिलिटर तीन, डिजेल र मट्टितेल पाँच रुपैयाँले वृद्धि गरेको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २० र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ । ...
दोहोरो कर प्रणाली हटाउने सम्बन्धी एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक, सहकार्य गर्ने प्रतिबद्धता

दोहोरो कर प्रणाली हटाउने सम्बन्धी एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक, सहकार्य गर्ने प्रतिबद्धता

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली (Double Taxation) हटाउने सम्बन्धी को प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै सन्दर्भमा एनआरएनएको प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेसँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र हस्तान्तरण गर्दै सम्मेलनलाई नेपाल सरकारको सहकार्यमा आयोजना गर्न अनुरोध गरेको हो। भेटका क्रममा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभि...
एएफपीका पत्रकार अनुप ओझालाई एसियाली विकास बैंकको अन्तर्राष्ट्रिय अवार्ड

एएफपीका पत्रकार अनुप ओझालाई एसियाली विकास बैंकको अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका पत्रकार अनुप ओझालाई एसियाली विकास बैंंक इन्स्टिच्युट डेभलपिङ एसिया जर्नलिजम अवार्ड दिइने भएको छ । एसियाली विकास बैंकसँग सम्बद्ध एडीबीआई इन्स्टिच्युटले पत्रकार ओझालाई २ हजार अमेरिकी डलर बराबरको अवार्ड दिन लागेको घोषणा गरेको छ । एआईका माध्यमबाट विपद्को पूर्व चेतावनी सूचना सम्बन्धमा एएफपीका लागि ओझाले लेखेको समाचारका लागि यो अवार्ड दिइन लागेको विज्ञप्तिमा छ । १७ देशका ७९ जनामध्येबाट पाँच जनालाई यस्तो अवार्ड प्रदान गरिन लागिएको एसियाली विकास बैंक इन्स्टिच्युटले जनाएको छ । अनुसन्धाता र पत्रकार सहभागी निर्णायक मण्डलले अवार्डको मूल्यांकन गरेको हो । ओझालाई पहिरो सम्बन्धमा पूर्व सूचना दिन वर्षा र जमिनको तथ्यांकका आधारमा युनिभर्सिटी अफ मेलर्बनका प्राध्यापक एन्टोनिएट्ले नेपाल, बेलायत तथा इटलीका सहयोगीहरुको सहायतामा नेपालमा विकास गरेको प्रणालीबारे ...
नेपाली विज्ञलाई राष्ट्रिय विकाससँग जोड्न राष्ट्रिय योजना आयोग र एनआरएनएबीच सहकार्यको छलफल

नेपाली विज्ञलाई राष्ट्रिय विकाससँग जोड्न राष्ट्रिय योजना आयोग र एनआरएनएबीच सहकार्यको छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027) को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल गरेको छ। भेटका क्रममा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले सन् २०१८ देखि सञ्चालन हुँदै आएको Networking for Development अवधारणालाई यसपटक केवल मुद्दामुखी छलफलमा सीमित नराखी समाधानमुखी (Solution-oriented) मोडेलमा रूपान्तरण गरिएको जानकारी दिनुभयो। उहाँले विगतका तीनवटा विश्व नेपाली ज्ञान सम्मेलनबाट प्राप्त प्रमुख निष्कर्ष तथा सिफारिसहरूलाई राष्ट्रिय योजना आयोगको योजनागत तथा नीतिगत प्रक्रियासँग एकीकृत गरी कार्यान्व...
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

नेपाल । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्नुभयो । त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताउनुभयो । उहाँले यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गर्नुभयो । उहाँले सुरुङ योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी क्षमता अभिवृद्धिका लागि नेपाल र जापानबीच नयाँ प्राविधिक सहयोग परियोजना सुरु गरिएको जानकारी दिनुभयो । हालै स्वीकृत उक्त परियोजनाले सुरुङ पूर्वाधार विकासमा दुई देशबीचको सहकार्यलाई थप विस्ता...
नागढुङ्गा सुरुङमार्गबाट चल्न थाले गाडी

नागढुङ्गा सुरुङमार्गबाट चल्न थाले गाडी

नेपाल । सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना नागढुङ्गा सुरुङमार्गमार्फत पूरा हुँदै छ । मुलुकको भौतिक पूर्वाधारको इतिहासमा ‘सुरुङ युगको प्रस्थानविन्दु’ का रूपमा लिइएको बहुप्रतीक्षित यो सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि सोमबारदेखि सञ्चालनमा आएको हो । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का केन्द्रीय अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गरेका हुन् । सुरुङमार्ग सुरुमा आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिने र सुरुङमार्गभित्र अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने बताइएको छ ।...
ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले "एक पटकको नेपाली, सधैँको नेपाली" हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गर्नुभएको छ। अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। "एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । ढुक्क हुनुहोस्, 'एक पटकको नेपाली, सधैँको नेपाली' हौँ " अर्थमन्त्री वाग्लेले भन्नुभयो। प्रवासमा रहेका नेपालीहरू सरकारको विकास र लगानी विस्तारका सद्भावना दूत भएको पनि उहाँको भनाइ छ। नेपालमा अविश्वसनीय जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको र यसमा प्रवासमा रहेका नेपालीहरूको हातेमालो जरुरी भएको पनि अर्थमन्त्री वाग्लेले बताउनुभयो। "सरकारले बितेका एक सय दिनमा गरेका कामहरू हेर...
राष्ट्र बैंकले भुक्तानी प्रणालीमा अनिवार्य गर्यो राष्ट्रिय परिचयपत्र

राष्ट्र बैंकले भुक्तानी प्रणालीमा अनिवार्य गर्यो राष्ट्रिय परिचयपत्र

नेपाल । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको छ । भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रअनुसार संशोधित व्यवस्थाबमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरणसमेत यकिन गरी वालेट खोल्नुपर्नेछ । त्यस्तै, अनुमतिप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल ‘एप्लिकेसन’ वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको स्वघोषणा लिनुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकले २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचय...
१२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे

१२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे

नेपाल । गत आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अघिल्लो आवभर नेपाल भित्रिएका १२ लाख नौ हजार ३५७ पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट तीन लाख ११ हजार ५३१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । उक्त सङ्ख्या कुल पर्यटक आगमनको २५।७६ प्रतिशत हुन आउँछ । गत आवमा संयुक्त राज्य अमेरिकाबाट एक लाख ११ हजार ३२५ र चीनबाट एक लाख नौ हजार ८९२ पर्यटक नेपाल आएका छन् । त्यसै गरी बङ्गलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलङ्काबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यान्मारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ र मलेसियाबाट २५ हजार ६४० पर्यटकले अघिल्लो आवभित्र नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार अघिल्लो आवमा सबैभन्दा बढी कात्तिकमा एक लाख २४ हजार ८२९ विदेशी प...
फन पार्क बनाउँदा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जना बिरुद्ध मुद्दा दर्ता

फन पार्क बनाउँदा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जना बिरुद्ध मुद्दा दर्ता

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जना र एउटा निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सर्लाहीको बागमती नगरपालिकामा बागमती फन पार्क एन्ड रिसोर्ट आयोजना निर्माण गर्दा अनियमितता गरेको आरोपमा आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले मन्त्री साहसहित मधेश प्रदेशको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन प्रमुख भरतकुमार थापा, सोही नगरपालिकाका तत्कालीन उपप्रमुख लीलाकुमारी मुक्तान, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलविरुद्ध पनि मुद्दा दायर भएको छ । त्यस्तै मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धवराज न्यौपाने, निर्माण कम्पनी धुलिखेल जेभी र यसका आधिकारिक प्रतिनिधि युवराज पोखरेल...