१ आश्विन २०८३, बिहीबार

अर्थतन्त्र

१० महिनामा १९ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

नेपाल । नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को १० महिना (साउन–वैशाख) सम्मको आर्थिक तथा वित्तीय स्थिति अनुसार यो अवधिमा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । वैशाखमा मात्रै दुई खर्ब ५७ अर्ब ४९ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । १० महिनामा भित्रिएको विप्रेषण गत आवको सोही अवधिसम्मको तुलनामा ४१.२ प्रतिशतले बढी हो । अमेरिकी डलरमा भने यो १३.३ प्रतिशतको वृद्धि हुन आउँछ । विप्रेषण आप्रवाह बढ्दा त्यसले नेपालभित्र विदेशी मुद्राको सञ्चिति पनि विस्तार गरेको छ । राष्ट्र बैङ्कसहित बैङ्क तथा वित्तीय संस्थामा अहिले ३७ खर्ब चार अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा सञ्चिति छ । २०८२ असारको तुलनामा यस्तो सञ्चिति ३८.३ प्रतिशतले बढेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । अमेरिकी डलरमा भने २४ अर्ब १९ करोड डलर सञ्चिति देखिन्छ । राष्ट्र बैङ्कका अनुसार कुल...
फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने

नेपाल । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो । फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईले उडान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अ...
द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छः अर्थमन्त्री

द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले अन्तराष्ट्रिय लक्जरी होटल ब्रान्ड ‘द रिट्च कार्लटन’ नेपाल भित्रिनु सुखद् भएको बताउनुभएको छ। सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताउनु भएको हो । काठमाडौँको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटल सञ्चालन गर्ने घोषणा गरेको दोस्रो दिन उहाँहरू बीच मन्त्रालयमा भेटघाट भएको हो । भेटमा अर्थमन्त्री डा‍।वाग्लेले अध्यक्ष डेभिस म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरेर विश्वका धनाढ्यहरूका  नेपाल गन्तव्य थपिदिएकामा धन्यवाद दिनुभयो । द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्ने पनि उहाँले बताउनुभयो । ‘तपाईँहरूको नयाँ परियोजना घोषणाले लगानीकर्ताका लागि नयाँ उत्साह थपेको छ । नेपालमा लगानी भित्र्याउन र...
रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैनः वर्षमान

रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैनः वर्षमान

नेपाल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइको शक्तिशाली सरकारले मुलुकको आवश्यकताअनुसार आर्थिक वृद्धि र रोजगारी सृजना गर्ने गरी बजेट ल्याउन नसकेको बताएका छन् । नेपाल व्यवस्थापन संघद्वारा शुक्रबार राजधानीमा आयोजित आगामी आर्थिक वर्ष २०८३–०८४ को पोष्ट बजेटसम्बन्धी अन्तक्र्रियामा पुनले बजेटले कुनै पनि क्षेत्रमा नजिता दिने गरी ‘फोकस’ गर्न नसकेको बताए । लोकप्रियतावादी सरकारले सबैले भन्दै आएको कर्णप्रिय कार्यक्रम समावेश गरेको भए पनि त्यसले आर्थिक समृद्धिको दिशामा ठोस नतिजा दिन नसक्ने टिप्पणी गरे । ‘बजेटमा केही चिजमा ‘फोकस’ गरिएको छैन । हामीले नयाँ साथीहरुलाई ‘पपुलिष्ट’ को आरोप लगाउने गरेका छौं । ‘पपुलिज्म’ को विशेषता के भने सबैले भनेका ‘कर्णप्रिय’ लाग्ने कुरा भन्ने । तर, त्यो पुरा होस् नहोस्’ पुनले भने, ‘सय बुँ...
नेपाली बजारमा एकै दिन सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो

नेपाली बजारमा एकै दिन सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो

नेपाल । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ८ हजार २ सय र चाँदी ३३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार एक तोला सुनको मोल तीन लाख आठ सय कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ८९५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी पाँच हजार २३० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।...
‘उबर’ ले नेपालमा पनि शुरु गर्यो आफ्नो सेवा

‘उबर’ ले नेपालमा पनि शुरु गर्यो आफ्नो सेवा

नेपाल । विश्वकै अग्रणी डिजिटल सवारी सेवा प्रदायक उबरले नेपालमा औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ। नेपाललाई दक्षिण एसियाको तीव्र रूपमा विकास हुँदै गएको सहरी बजारका रूपमा मूल्याङ्कन गर्दै कम्पनीले आफ्नो मोबाइल आधारित सवारी सेवा नेपाली प्रयोगकर्तामाझ उपलब्ध गराएको हो। उबरका अनुसार नेपाल एसिया–प्रशान्त क्षेत्रभित्र कम्पनीको ११औँ बजार बनेको छ । साथै, दक्षिण एसियामा पछिल्लो एक दशकयता उबरले विस्तार गरेको यो पहिलो नयाँ बजार हो । कम्पनीले नेपाल प्रवेशलाई आफ्नो विश्वव्यापी विस्तार रणनीतिको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ। नेपालमा उबरले चारपाङ्ग्रे र दुईपाङ्ग्रे दुवै प्रकारका सेवा सञ्चालनमा ल्याएको जनाएको छ। चारपाङ्ग्रे सेवाअन्तर्गत ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुईपाङ्ग्रे सेवाअन्तर्गत ‘उबर बाइक’ उपलब्ध गराइएको छ। कम्पनीका अनुसार यी सेवाले सहरी क्षेत्रका यात्रुहरूलाई सहज, भरपर्दो र ...
राजस्व छलीको आशंकामा ७७९ वटा विद्युतीय सवारीसाधनको छानबिन गर्न समिति गठन

राजस्व छलीको आशंकामा ७७९ वटा विद्युतीय सवारीसाधनको छानबिन गर्न समिति गठन

नेपाल । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बिहीवार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानुनी प्रक्रिया अघि बढाइएको हो। समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थलगत रूपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो। विज्ञ दाहालले भन्नुभयो, “सवारीसाधनको संख्या ठूलो भएकाले राजस्व र भन्सार सम्बद्ध सबै कानुनी कागजातहरूको सुक्ष्म अध्ययन र प्रमाणीक...
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि पुनः श्रम स्वीकृति प्रक्रिया पूर्णरूपमा स्वचालित

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि पुनः श्रम स्वीकृति प्रक्रिया पूर्णरूपमा स्वचालित

नेपाल । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको छ । सरकारको सयबुँदे कार्यसूची अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने १० वटा योजना अनुरूप श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो । विभागका अनुसार यसअघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका र सोही देश तथा सोही कम्पनीमा पुनः कामका लागि जान चाहने श्रमिकले मात्र यो स्वचालित प्रणालीमार्फत आवेदन दिन पाउने छन् । विभागले अघिल्लो साता बसेको मन्त्रीस्तरको बैठकको निर्णय अनुसार यो व्यवस्था मिलाएको जनाइएको छ । स्वचालित प्रणालीमार्फत पुनः श्रम स्वीकृति प्राप्त गर्न विभागले केही अनिवार्य सर्त तोकेको छ । तोकिएका सर्तमा आवेदन दिने व्यक्तिको राहदानीको अवधि कम्तीमा तीन महिना बाँकी हुनुपर्ने, सम्बन्धि...
नेपालको बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो होः अर्थमन्त्री वाग्ले

नेपालको बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो होः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट महत्वाकांक्षी नभएको बताउनुभएको छ । आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटको आकार सानो नभएको बताउनुभयो । “विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, बान्छित सीमाभित्रै बजेट आएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आगामी आवको बजेट प्रत्क्षेपित जिडिपीको सापेक्षतामा २८ दशमलव पाँच प्रतिशत मात्रै हो । अर्थमन्त्री डा वाग्लेले आफू सन् २०१४ देखि नेपालको बजेट निर्माणमा संलग्न भएको उल्लेख गर्दै सन् २०१५ को भूकम्पपछि बजेटको आकार बढ्न थालेको बताउनुभयो । “भूकम्प अगाडि हाम्रो बजेटको आकार जिडिपीको तुलनामा औसतमा २५ देखि २९ प्रतिशत र वास्तविक खर्च २२ देखि २५ प्रतिशत हुन्थ्यो”, उहाँले भन्नुभयो, “भूकम्पपछि भन...
नेपालमा तोलामा २०५०० बढ्यो सुनको मूल्य

नेपालमा तोलामा २०५०० बढ्यो सुनको मूल्य

नेपाल । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आइतबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सुन तोलामा रु २० हजार ५०० ले बढेको हो । गत शुक्रबार रु दुई लाख ९० हजार ६०० मा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य रु तीन लाख ११ हजार १०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल रु पाँच हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी रु पाँच हजार ४० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।...