कोलोराडोमा नारी दिवस कार्यक्रमः स्थानीयस्तरमा निमा शेर्पाको नेतृत्वमा भव्य तयारी हुँदै
कोलोराडो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजनामा मार्च ९ तारिखका दिन नेपाली घर कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस २०२४ को तयारी तीब्र गतिमा भइरहेको छ ।
स्थानीयस्तरमा एनआरएनए एनसीसी अमेरिकाका बीओडी निमा शेर्माको नेतृत्वमा भव्य रुपमा तयारी भइरहेको छ ।
कार्यक्रमको तयारीको शिलशिलामा स्वयंसेवक, पाहुना ब्यबस्थापन, खाना, यातायात र सुरक्षा समितिको प्रमुख संयोजकका रुपमा शेर्पा कार्यक्रमलाई सभ्य र भव्य बनाउन सक्रियताका साथ लाग्नु भएको छ ।
उक्त कार्यक्रममा सहभागितको लागि अमेरिकाको सबै क्षेत्रका साथीभाइहरुलाई आमन्त्रण गर्दै आफूहरु स्वागत सत्कार गर्न तयारी अवस्थामा रहेको शेर्पाले बताउनु भयो ।
कार्यक्रममा स्वयम् सेवकको भूमिका निर्वाह गर्न इच्छुक महानुभावहरुले तल दिइएको लिंक क्लिक गरेर गुगल फर्म भर्न सक्नु हुनेछ । स्वयम् सेवकहरुलाई विभिन्न गिफ्टको व्यवस्था स...









