कोलोराडोस्थित नेपाली घरको १२औं साधारण सभामा महत्वपूर्ण विषयहरुमा छलफल
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपाली घरको १२औं साधारण सभा शनिबार एक समारोहबीच सम्पन्न भयो ।
बिशेषगरी संस्थाको बिधानमा सदस्य, शुभचिन्तक तथा दाताहरुको राय सुझाव र समयको माग बजोजिम केही बुंदा सामान्य परिमार्जन केही थपघट गरी सबैलाइ समेट्न सक्ने बनाउनको लागी बोलाईएको साधारण सभाले संस्थाको संशोधित बिधान सर्वसम्मत तरिकाबाट पास गर्दै सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली घरका सल्लाहकार समाजसेवी टिका सिटौला तथा समाजसेवी डा. बिजयराज शर्माबाट संयूक्त्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रियगानसंगै अगाडि बढाइएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवी, शुभचिन्तक, उद्योगी, व्यवसायी, गन्यमान्य, पत्रकार, नेपाली घरका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
नेपाली सा...









