बोस्टनमा आयोजित ‘नेपाल डे’ कार्यक्रम वर्षाका कारण बिथोलियो
-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) ले अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा आयोजना गरेको ‘नेपाल डे–२०२४’ कार्यक्रम वर्षाका कारण बिथोलिएको छ । अगस्ट ४ तारिखका दिन म्यासाच्युसेट्स राज्यको एभरेट सिटीको ग्लेन्डल पार्कमा आयोजना गरिएको उक्त कार्यक्रम भारी वर्षाका कारण बीचैमा बिथोलिएको हो ।
म्यासाच्युसेट्स राज्यको एभरेट सिटीको साझेदारी र स्थानीय नेपाली संघ संस्थाहरुको साथ रहेको उक्त कार्यक्रम उद्घाटन भएर अघि बढ्दै गर्दा पानी पर्न सुरु गरेको थियो । आयोजकले परिरहेको पानीको पर्वाह नगरी रोकिने आसमा कार्यक्रम सञ्चालन गरिनै रहेको थियो । तर, पानी रोकिनुको सट्टा झन बढी बर्सिनथालेपछि कार्यक्रमलाई बिचैमा रोक्न आयोजक बाध्य भयो । कार्यक्रम बिथोलिएपछि आयोजकले बढ्दै गएको वर्षाका कारण जनधनको क्षति हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कार्यक्रमलाई स्थगित गरेको सू...









