नेपाल । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
सरकारको समीक्षा गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा बिहीबार बोल्न बाँकी सदस्यहरूले सरकारको कामकारबाहीबारे धारणा राख्नेछन् ।
बिहीबारको बैठकमा ‘समुदायमा कांग्रेस अभियान’को कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकमा आफ्नो धारण राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्