३० भाद्र २०८१, आईतवार

कल्याणकारी कोषको रकम श्रमिकको हितविपरित प्रयोग नगर्न बोर्डमा ज्ञापन पत्र बुझाईयो

कोलोराडोखबर संवाददाता , December 21st, 2023

नेपाल । रिटर्नी फेडेरेसन नेपालले कल्याणकारी कोषको रकम श्रमिकको हितविपरित प्रयोग नगर्न बैदेशिक रोजगार बोर्डमा ज्ञापन पत्र बुझाएको छ ।

बोर्डका कार्यकारी निदेशक डा. द्धारिका उप्रेतीलाई फेडेरेशका अध्यक्ष उत्तम अधिकारी सहितको टिमले भेटि श्रमिकको हितको लागि मात्र खर्च गर्नुपर्ने रकम सिस्टम मर्मतको नाममा रु. १० करोड खर्च लागिएको भन्दै तत्काल निर्णय फिर्ता लिन ध्यानाकर्षण गराएको हो ।

फेडेरेसनको तर्फबाट उपाध्यक्षहरु शालिकग्राम बसेल, काजीबहादुर थापा मगर, महासचिव जेपि सापकोटा, सचिव खेमबहादुर कार्की लगायतले बोर्डको कार्यलयमा पुगि कुनै पनि बहानामा श्रमिकको हितमा खर्च गर्नुपर्ने रकम अन्यन्त्र खर्च गर्ने प्रवृृतिको रिटर्नी फेडेरेसन नेपालले घोर भत्सर्ना गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्