२६ माघ २०८२, सोमबार

एनआरएनए आईसीसीका अध्यक्ष डा. केसी स्कटल्यान्ड जाँदै

कोलोराडोखबर संवाददाता , August 29th, 2024

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष डा. बद्रि केसी स्कटल्यान्ड भ्रमणमा जाने भएका छन् ।

स्कटल्यान्डको डनफर्मल्यान्डमा बिहीबार (२९ अगस्ट) मा हुने गैरआवासीय नेपाली समुदायसँगको अन्तर्क्रियामा सहभागी हुन उनी स्कटल्यान्ड जान लागेका हुन् ।

अध्यक्ष डा केसीसँगै उपाध्यक्ष रोजिना प्रधान राईलगायत पदाधिकारी पनि टेलीमा सहभागी हुनेछन् ।

एनआरएनए स्कटल्यान्डका अध्यक्ष दिवाकर पाण्डेले केसीको स्वागत र अन्तर्क्रिया कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

नागरिकता, सम्पत्तिको अधिकार लगायतका विषयमा अन्तर्किया केन्द्रित हुने अध्यक्ष पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्