१९ बैशाख २०८३, शनिबार

पार्टीमा योगदान दिनुभएका पात्रहरु खोज्नु जरुरी छः गगन थापा

कोलोराडोखबर संवाददाता , June 25th, 2024

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा योगदान दिनुभएका पात्रहरुलाई गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताएका छन् । उनले कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको पनि बताए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस भित्र फोहोर कम र सफा गर्ने मानिसहरु धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण कांग्रेस बद्नाम भइरहेको बताए ।

उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्