काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले देखाइरहेको चरित्रको आलोचना गरेका छन् ।
थापाले भने–‘दाहाल र ओली सरकारमा खेलोफड्को गर्न बसिरहेका छन् ।’
दाहालले जसरी पनि प्रधानमन्त्री मात्रै बन्ने खेलोफड्को गरिरहेको छन् । उता एमालेले बजेटको स्वामित्व नलिएको बताए । उनले एमालेले आगामी दिनमा सरकारमा बसिरहने तर आफ्नो सरकार हो भनेर नागरिकको तहमा जिम्मेवारी नलिने गरी अगाडि बढेको आरोप लगाए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्