२४ माघ २०८२, शनिबार

मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, मधेसमा नयाँ सरकार गठनका लागि आह्वान

कोलोराडोखबर संवाददाता , June 6th, 2024

नेपाल । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

बुधबार डेढ वर्षमा पाँचौ पटक विश्वासको मतका लागि प्रदेशसभामा उपस्थित भएका मुख्यमन्त्री यादवको पक्षमा ५० र विपक्षमा ५३ मत पर्‍यो । १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न भोलि बिहान १० बजेसम्मको समय दिएको प्रदेश प्रमुखको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्