२ बैशाख २०८३, बुधबार

सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

कोलोराडोखबर संवाददाता , May 23rd, 2024

नेपाल । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बुधबार जिल्ला अदालत धनुषाले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

नागरिकतासम्बन्धी मुद्दामा मंगलबार साँझ काठमाडौँको कार्यालयबाटै पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्