२८ बैशाख २०८१, शुक्रबार

पञ्जाब किंग्सद्वारा कोलकाता नाइटराइडर्स पराजीत

कोलोराडोखबर संवाददाता , April 27th, 2024

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सद्वारा कोलकाता नाइटराइडर्स पराजीत भएको छ ।

पञ्जाबले कोलकाता नाइट राइडर्सविरुद्ध राखेको २६२ रनको चुनौती पञ्जाबले १८.४ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो । पञ्जाबले यति ठूलो चुनौती आठ विकेटले जित्न सफल भएको हो ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले इडेन गार्डेनमा शुक्रबार राति भएको खेलमा ६ विकेटको क्षतिमा २६१ रन बनाएको थियो ।

प्रतियोगितामा शनिबार दुई खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्दै छन्

त्यस्तै बेलुकी ७ः४५ बजे लखनउ सुपर जाइन्टसले घरेलु मैदानमा राजस्थान रोयल्ससँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्