३१ भाद्र २०८१, सोमबार

टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग ४० रनले पराजित

कोलोराडोखबर संवाददाता , March 31st, 2024

नेपाल । टी–२० शृंखलाअन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा पनि नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग ४० रनले पराजित भएको छ ।

आयरल्यान्ड ‘ए’ ले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ ओभर ५ बलमा १८४ रनमा समेटियो ।

यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो ।

पहिलो टी–२० खेलमा नेपाल आयरल्यान्डसँग २१ रनमा पराजित भएको थियो । यो जितसँगै तीन खेलको टी–२० सिरिज आयरल्यान्ड ‘ए’ ले आफ्नो पक्षमा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्