३१ भाद्र २०८१, सोमबार

रवि लामिछाने बिरुद्ध बोल्दै रमेश खरेलले छाडे रास्वपा

कोलोराडोखबर संवाददाता , March 29th, 2024

काठमाडौँ । गत बुधबार रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका छन् । रवि लामिछाने बिरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिएकोमा स्पष्टीकरण सोधेपछि खरेलले राजीनामा दिएका छन् ।

उनले पार्टीबाट अलग भएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट आजदेखि औपचारिक रुपमा अलगिएको बेहोरा यहाँहरु सबै माझ जानकारी गराउन चाहन्छु र आउँदा दिनमा एन्टी करप्सन नेटवर्कसँग आबद्ध हुनेछु । ​यहाँहरुको साथ र समर्थन सँधै झैँ रहने छ भन्ने आशा गर्दछु।’

खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको विषयमा रास्वपाका सभापति लामिछानेको आलोचना गरेका थिए । त्यसपछि उनलाई रास्वपाले स्पष्टीकरण सोधेको थियो ।

यसअघि उनी सुशासन पार्टीका अध्यक्ष रहेका खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उनी उम्मेदवार बनेका थिए । उक्त चुनावमा उनी उपेन्द्र यादवसँग पराजीत भएका थिए । उनी डीआईजीबाट अवकाश प्राप्त प्रहरी अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस्