काठमाडौं । नेकपा एमालेले इलाम–२ को उपनिर्वाचनमा संबिधानसभा अध्यक्ष सुवासचन्द नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेकपा एमालेले संबिधानसभा अध्यक्ष सुवासचन्द नेम्वाङको निधनपछि रिक्त रहेको थियो । सो निर्वाचन क्षेत्रमा आगामी बैशाख १५ गते उपनिर्वाचन तोकिएको छ ।
३२ वर्षीय सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । पेशाले अधिवक्ता सुहाङले पछिल्लो समय इलाममा राजनीति गतिविधिसँगै भेटघाट र अन्तरक्रिया बढाउनु भएको थियो भने एमालेले फागुन ३ गते कानून बिभागमा मनोनीत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्