नेपाल । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको आरोप लगाएका छन् ।
तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै बस्नेतले २०४६ सालदेखि अहिलेसम्मको अवधिलाई विकास र समृद्धिका लागि काम गर्न पाएको ३५ वर्षका रूपमा व्याख्या गर्नु गलत हुने बताए ।
उनले २०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकले निरन्तर आन्दोलन, राजनीतिक अस्थिरता, माओवादी सशस्त्र द्वन्द्व र राजाको प्रत्यक्ष शासनजस्ता चुनौती सामना गर्नुपरेको भन्दै विकासका लागि पर्याप्त समय र वातावरण नै नपाएको समेत बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्