नेपाल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारबाट बन्दसत्र हुँदै छ। बन्दसत्र सोमबार र मंगलबारचल्नेछ।
बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेस हुनेछ। महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।
त्यसअघि, बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमै बस्दै छ। यस्तै मतदाता नामावली प्रकाशन हुँदै छ। बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ।
५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनविरुद्ध दावी विरोधको समय तोकिएको छ। दावी विरोधउपर जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ।
मतदाताको अन्तिम नामावली प्रकाशन साढे ८ बजे हुने नेपाली कांग्रेस निर्वाचन समितिले बताएको छ। मंगलबार बिहान मनोनयन दर्ताका लागि समय तोकिएको छ। मतदान बुधबा बिहानदेखि हुने कांग्रेसले जनाएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्