नेपाल । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार तान्जानियातर्फ प्रस्थान गर्नुभएको छ ।
सभामुख अर्याल आइतबार साँझ कतार एयरवेजको उडान क्युआर ६४५ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट तान्जानियातर्फ प्रस्थान गर्नुभएको हो।
उहाँ सोही दिन राति ९ः१५ बजे कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुहुनेछ। त्यसपछि राति २ः१० बजे कतार एयरवेजको उडान क्युआर १४९९ मार्फत दोहाबाट तान्जानियाको किलिमान्जारोतर्फ प्रस्थान गरी ५ अक्टोबर २०२६ को बिहान ७ः३५ बजे किलिमान्जारो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ।
उहाँसँगै प्रतिनिधिमण्डलमा सभामुखकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधिसभाका माननीय सदस्य रविन महत्तो, राष्ट्रिय सभाका माननीय सदस्यहरू झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी हुनुहुन्छ। साथै, प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डे, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल तथा सभामुखका निजी सचिव मधु मिजार पनि प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ।
तान्जानियाको अरुषा सहरमा आयोजना हुने अन्तरव्यवस्थापिका संघको १५३औँ महासभा ५ देखि ९ अक्टोबर २०२६ (१९ देखि २३ असोज २०८३) सम्म सञ्चालन हुनेछ। महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरूको सहभागिता रहनेछ। महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा तथा द्विपक्षीय भेटवार्तालगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्