१८ आश्विन २०८३, आईतवार

महेन्द्र महकको पहिलो कथासङ्ग्रह ‘खदामा’ विमोचन

कोलोराडोखबर संवाददाता , October 4th, 2026

नेपाल । कथाकार महेन्द्र महकको पहिलो कथासङ्ग्रह ‘खदामा’ विमोचन गरिएको छ ।

बेला पब्लिकेशन प्रालिले प्रकाशन गरेको सङ्ग्र्रहको विमोचन कार्यक्रममा समीक्षकहरूले कृतिले वैदेशिक रोजगारीमा रहेका श्रमजीवी नेपालीको जीवन, पीडा, सङ्घर्ष र आशालाई कथात्मक रूपमा प्रस्तुत गरेको बताएका छन् ।

समीक्षक नवीन विभाषले ‘खदामा’ लाई नेपाली समाजका श्रमजीवी वर्गको प्रतिनिधि कथासङ्ग्र्रहका रूपमा व्याख्या गर्नुभयो ।

समीक्षक विभूति भट्टराईले ‘खदामा’ लाई वैदेशिक रोजगारीको पीडा समेटिएको कथासङ्ग्र्रहका रूपमा चर्चा गर्नुभयो ।

खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने नेपाली महिलाले भोग्ने पीडाको प्रतिनिधित्व कृतिले गरेको उल्लेख गर्दै उहाँले यसलाई वैदेशिक रोजगारीसँग सम्बन्धित महत्त्वपूर्ण कथा कृतिका रूपमा प्रस्तुत गर्नुभयो । उहाँका अनुसार कृतिका कथाले नेपाली युवामा प्रेरणासमेत जगाउने सामथ्र्य राख्छन् ।

लेखक महकले आफूले वैदेशिक रोजगारीका क्रममा अरबमा रहँदा भोगेका र देखेका अनुभवलाई कथामा रूपान्तरण गरेको बतानुभयो ।

प्रतिक्रिया दिनुहोस्