८ आश्विन २०८३, बिहीबार

वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई ‘माधव घिमिरे पुरस्कार’

कोलोराडोखबर संवाददाता , September 24th, 2026

नेपाल । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई प्रदान गरिएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०७औँ जन्मजयन्तीका अवसरमा आज मस्र्याङ्दी वाङमय प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो ।

नगद रु एक लाख राशि, प्रमाणपत्र र दोसल्लासहित उक्त पुरस्कार नेपाली शिक्षा परिषद्की अध्यक्ष एवम् वरिष्ठ साहित्यकार रमा शर्मा र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले वरिष्ठ गीतकार रिजाललाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नेपाली शिक्षा परिषद्की अध्यक्ष शर्माले नेपाली साहित्य क्षेत्रको उन्नयनमा राष्ट्रकवि घिमिरेको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । राष्ट्रकवि घिमिरे नेपाली काव्य र साहित्य क्षेत्रको सगरमाथा भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्