नेपाल । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश र विदेशमा रहेका सबै पार्टी सदस्यहरूलाई आह्वान गरेको छ ।
आइतबार पार्टी मुख्यालय बीपी नगर सानेपामा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न सात निर्णय गर्दै १५ औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सबै सदस्यहरूमा आह्वान गरेको हो ।
बैठकमा सभापति थापा समक्ष कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले आफ्नो पदबाट दिएको राजीनामा सभापतिले बैठकमा जानकारी गराएका थिए ।
बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा। डिला संग्रौला पन्त र योगेन्द्र चौधरी, सदस्यहरु अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, डा. चन्द्रकान्त भण्डारी, अमृत अर्याल, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, अब्दुल सत्तार, राजीव ढुंगाना, भरतकुमार शाह, प्रवक्ता देवराज चालिसे र मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले आ–आफ्नो धारणा राखेका थिए ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्