-आर. आर. चौलागाईं-
हाम्रो स्वर्गमा किन यसरी लाइन गइरहन्छ ?
हाम्रो स्वर्गमा किन यसरी धूलो उडिरहन्छ ?
आफूमात्रै नायक अनि अरू सब खलनायक
हाम्रो स्वर्गमा किन यसरी भूत कराइरहन्छ ?
एउटा टेको के हालेको थ्यो भुइँमा खुट्टा छैन
हाम्रो स्वर्गमा किन यसरी पानी जमिरहन्छ ?
न दिनमा शान्ति हुन्छ न रातमा सुत्न पाइन्छ
हाम्रो स्वर्गमा किन यसरी माइक बजिरहन्छ ?
फोहरमा रमाउनेलाई विकास के हो के थाहा
हाम्रो स्वर्गमा किन यसरी झाडी बढिरहन्छ ?
साँच्चै लड्यो भने तुरुन्तै परमधाम पुगिन्छ
हाम्रो स्वर्गमा किन यसरी पोल बाङ्गिरहन्छ ?
तँ अल्को कि म अल्को तर सबै होचा भैसके
हाम्रो स्वर्गमा किन यसरी झगडा भइरहन्छ ?

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्