३ आश्विन २०८१, बिहीबार

तीन उपप्रधानसहित नवनियुक्त मन्त्रीले लिए शपथ, जसपाले मन्त्री पठाउन बाँकी

कोलोराडोखबर संवाददाता , March 7th, 2024

नेपाल । बुधबार नवनियुक्त १६ जना मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा तीन जना उपप्रधानमन्त्रीसहित १६ जनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्का तीन सदस्यले भने सोमबारै शपथ लिएका थिए ।

नवनियुक्त मन्त्रीमा नेकपा एमालेबाट उपप्रधानसहित ८ जना, माओवादी केन्द्रबाट उपप्रधानसहित ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित ४ जना र नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरुले बुधबार साँझ सपथग्रहण गरेका छन् । केही मन्त्रालय अझै खाली छन्, उपेन्द्र यादव नेतृत्वको जसपाले अझै मन्त्री पठाएको छैन ।

एमालेबाट मन्त्री भएकाहरुः
-रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
-पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
-हरि उप्रेती, रक्षा
-भगवती चौधरी, महिला बालबालिका
-राजेन्द्र राई, खानेपानी
-दामोदर भण्डारी, उद्योग
-ज्वालाकुमारी साह, कृषि
-बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी केन्द्रबाटः
-नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
-वर्षमान पुन, अर्थ
-शक्ति बस्नेत, उर्जा
-रेखा शर्मा, सञ्चार
-हितबहादुर तामाङ, पर्यटन

रास्वपाबाटः
-रवि लामिछाने, उपप्रधान तथा गृह
-डीपी अर्याल, श्रम
-विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
-सुमना श्रेष्ठ, शिक्षा

एकीकृत समाजवादीबाटः
-भानुभक्त जोशी, संघीय मामिला तथा समान्य प्रशासन
-धनबहादुर बुढा, सहरी विकास

प्रतिक्रिया दिनुहोस्