-आरसी रिजाल-
६५ बर्षे शान्ति बज्यै दूध किन्न जाँदैथिन् । चिया पसल बाहिर बेन्चमा बसेको एकजनाले — तेलभिसाबाट कहिले फर्क्नुभो बज्यै? भन्यो।
बज्यै त धोतीको फेरो समातेर बुर्लुक्क उफ्रेर लबटाले हानुलाझैँ गर्दै — ए गान्टे ! म कामगरेर पैसा कमाउन गा’हो ? बिदेशमा जन्मेकी नातिनीको माया लागेर स्याहार्न गएकी।यहीँ जन्मे पनि नातिनी स्याहार्नु हजुरामाको कर्तव्य हुन्छ । तेरि आमा पनि परारसाल भान्जीलाई स्याहार्न ठेकी बोकेर बैतडी गएको बिर्सिस् । त्यो चाहिँ घ्यूभिसा हो ? आफ्नो सन्तान जहाँ छ्न त्यही पुगिन्छ। हाम्रो सन्तान बेरोजगारी समस्याले बिदेशीयका हुन् । तँलाई दोबाटे भुत ! आइन्दा …… भन्दै औंलो ठड्याएर हिँडिन्।
निन्याउरो मुख लगाएको गान्टेलाई हेर्दै त्यहाँ उपस्थित केहिले — मुखभरिको जवाफ पाइस् भन्दै काखी बजाएर हिँडे।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्