३० भाद्र २०८१, आईतवार

माओवादी केन्द्रीय समितिको बैठकः चार महिने अभियानको समीक्षात्मक रिपोर्ट पेस

कोलोराडोखबर संवाददाता , February 12th, 2024

नेपाल । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आइतबारदेखि शुरु भएको छ । बैठक सोमबारसम्म चल्नेछ ।

पहिलो दिनको बैठकमा सबै प्रदेश इन्चार्ज र अध्यक्षले माओवादी विशेष चार महिने रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका छन् ।

बैठकमा सम्बन्धित प्रदेश इन्चार्जहरूले अभियानमा नेता तथा कार्यकर्ताहरूमा तीन प्रवृत्ति देखिएको ब्रिफिङ गरेका थिए । पहिलो तहमा इमान्दार भएर काम गर्ने, दोस्रो अलिअलि काम गर्ने र तेस्रोमा कामै नगर्ने प्रवृत्ति देखा परेको इन्चार्जहरूले रिपोर्ट पेस गरेका थिए ।

इन्चार्जहरूबाट आएका रिपोर्टका सम्बन्धमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि बैठक समापन हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । चार महिने अभियानले नेताहरूको कामको मुल्याङ गर्ने आधार बनेको प्रवक्ता सापकोटाको भनाइ छ । बैठकमा वर्ग छोड्दा पार्टी कमजोर भएको हो कि भन्ने धारणा आएको उनले जानकारी दिए ।

अभियानमा नखट्ने नेताहरूमाथि कारबाही र पार्टीको नीति, विधि र प्रक्रियामा रहेर काम गर्ने नेता तथा कार्यकर्तालाई प्रोत्साहनमा पार्टीले ध्यान दिने प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्