२२ मंसिर २०८१, शनिबार

नेपाल-भारतबीच विद्युत् निर्यात गर्नेसहित चार वटा विषयमा हस्ताक्षर

कोलोराडोखबर संवाददाता , January 5th, 2024

नेपाल । नेपाल-भारत विद्युत् निर्यात गर्ने दीर्घकालिन उर्जा व्यापारसहित चार वटा विषयमा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको हिजो सम्पन्न बैठकका क्रममा १० वर्षमा १० हजार मेगावाट मेगावाट विद्युत् निर्यात गर्नेसहित ४ सहमति भएको हो ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस. जयशंकरको उपस्थितिमा दीघकालीन उर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएको हो ।

यसैबीच भारतले अब नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिनसक्ने सहमति भएको छ । भारतले सिधै लगानी गर्न पाउने परियोजना रकमको सीमा ५ करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्‍याइएको हो ।

नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस. जयशंकरको संयुक्त अध्यक्षतामा भएको नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ । काठमाडौंको याक एन्ड यति होटलमा भएको बैठक करिब एक घन्टा चलेको थियो ।

उक्त बैठकमा द्विपक्षीय आर्थिक सम्बन्ध, कटेक्टिीभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा र संस्कृति तथा राजनीतिक विषयमा छलफल भएको थियो ।

चार सहमतिः
१. हाइ इम्प्याक्ट कम्युनिटी डेभलेपमेन्ट प्रोजेक्ट (उच्च प्रभाव सामुदायिक विकास परियोजना– एचआईसीडीपी) अन्तरगत नेपालको सरकारी संस्था वा अन्य संस्थाहरुबाट स्वीकृत लिएर गर्ने ।

२. दीर्घकालीन उर्जा व्यापार गर्ने ।

३. नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट) र न्यू स्पेस इन्डिया लिमिटेड (एसिल) बीच नेपालले लुनास स्याटलाइटलाई प्रक्षेपण गर्न पोलार स्याटलाइट लन्ज भेहिकल (पीएसएलभी) उपलब्ध गराउने ।

४. नवीकरणीय उर्जा प्रवर्धनको सहकार्यको लागि लागि नेपाल विद्युत् प्राधिकरण र भारतको एलटीपीसी लिमिटेड बीचमा समझदारी ।

प्रतिक्रिया दिनुहोस्