अमेरिका । दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको समाचार आएको छ । १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।
विमान धावनमार्गबाट बाहिर निस्केको र दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो ।
समाचार अनुसार १७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्