२ चैत्र २०८२, सोमबार

सरकारलाई भइरहेको घेराबन्दी चिर्न पार्टी नेताहरूलाई निर्देशन

कोलोराडोखबर संवाददाता , September 4th, 2024

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिन पनि पूरा नहुँदै सरकारलाई घेराबन्दीको प्रयास भइरहेको भन्दै त्यसलाई चिर्न पार्टी नेताहरूलाई निर्देशन दिनुभएको छ । मंगलबारबाट सुरु भएको एमाले पोलिटब्युरो बैठकमा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारलाई घेराबन्दी गर्ने प्रयास भए पनि सचेततापूर्वक काम गरिरहेको जानकारी दिनुभयो । बैठकमा अध्यक्ष ओलीले कांग्रेस र एमालेबीच बलियो सम्बन्ध भएको उल्लेख गर्दै यो गठबन्धन २०८४ को निर्वाचनसम्म जाने प्रष्ट भयो । एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका गर्न नहुने प्रष्ट पार्नुभयो ।

ओलीले सरकारबाट बाहिरएपछि प्रमुख प्रतिपक्ष दलका अध्यक्ष पुष्पकमल दाहालले संसदभित्र र बाहिर दिएको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न जरुरी रहेको बताउनु भयो । उहाँले एमाले अध्यक्ष एवं प्रधानमन्त्रीमाथि प्रचण्ड र माओवादी नेताहरुले लगाएको आरोप कुण्ठाग्रस्त भएको निश्कर्ष पनि राख्नुभयो ।

पोलिटब्युरोमा ओलीले मिसन ०८४ मा एमालेलाई राष्ट्रिय निर्णायक शक्ति बनाउन अहिलेदेखि तयारी गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्